पानी जहाज दुर्घटना हुदा दशको मृत्यु, १२६ को उद्धार 

जाकार्ता ।

इन्डोनेसियाको मध्यभागमा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका अरु १२६ जनालाई भने सकुशल उद्धार गरिएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् ।
‘केएम फुङका पेर्माटा’ नामक पानी जहाज दक्षिणी पूर्वीसुलवेसीको बाउबाउबाट बनगाई भन्ने ठाउँतर्फ गइरहेको बेला मध्यइन्डोनेसियाको सागुमा दुर्घटना भएको हो । यातायात मन्त्रालयका प्रवक्ता बामबाङ इर्भानले पानी जहाजमा आगलागी भएपछि जहाज पानीमा पल्टिएको जानकारी दिए ।
उद्धारकर्ताले दुर्घटना भएको जहाजलाई शनिबार बिहान बनगाई बन्दगाहमा अवतरण गराएको पनि उनले बताएका छन् । इन्डोनेसियामा बेला बेलामा भइरहने यस्ता पानी जहाज दुर्घटनामा परी बर्षेनी सयौँको मृत्यु हुनेगरेको छ । राससरसिन्ह्वा
 

प्रतिकृया दिनुहोस

हजार किलोको फर्सी फलाएर राखे किर्तिमान

अनलाइन तहल्का अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको

प्रेमीको हत्या पछि पाकिस्तानीलाई मासुको भोज 

अनलाईन तहल्का   मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई

अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमणबाट एक डाक्टरसहित चारको मृत्यु

अनलाइन तहल्का     अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक डाक्टर र प्रहरी