भिक्टोरिया तालमा डुङ्गा दुर्घटना, ४० बढिको मृत्यु, सयौँ बेपत्ता

अनलाइन तहल्का
असोज ५, तान्जानिया । उत्तरी तान्जानियाको भिक्टोरिया तालमा भएको डुङ्गा दुर्घटनामा ४० जना भन्दा बढी यात्रुको ज्यान गएको र सयौँ अरु हराइरहेका विवरण प्राप्त भएका छन् ।
एमभी न्यरी नाम गरेको त्यो डुङ्गा युकेरेवे र युकोरा टापु नजिकै किनार नजिक आउँदै गर्दा पल्टिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
एक स्थानीयबासीले भने, डुङ्गामा एकदमै धेरै मानिस थिए। करिब ४०० जना थिए। पारीबाट यता आउँदै गर्दा ढल्कियो र अचानक पल्टिएर उल्टो हुन पुग्यो ।
मवान्जा नगरदेखि उत्तरतर्फ त्यो दुर्घटना भएको हो । अधिकारीहरूका अनुसार एक सय जनाभन्दा बढी यात्रुको जीवितै उद्धार गरिएको छ ।
तान्जानियामा क्षमताभन्दा बढी यात्रु बोकेका कारण यसअघि पनि दुर्घटनाहरू भइसकेका छन् ।
सन् २०१२ मा एक यात्रुले खचाखच डुङ्गा जन्जिबार टापुदेखि पारिपट्टी डुब्दा १४५ जनाको ज्यान गएको थियो। यो वर्ष पनि जन्जिबार टापु पारि भएका प्रमुख डुङ्गा दुर्घटनाहरूमा करिब २०० जनाको ज्यान गइसकेको छ। केहीले डुङ्गामा राखिएका म्याट्रेस र फ्रिज समातेर आफ्नो ज्यान जोगाएका थिए ।
सन् १९९६ मा भिक्टोरिया तालमैँ एमभी बुकोबा नामक डुङ्गा डुब्दा ८०० जनाको ज्यान गएको थियो। त्यो यो शताब्दीकै सबैभन्दा ठूलो दुर्घटनामध्येमा पर्दछ । बीबीसी

प्रतिकृया दिनुहोस

सयौं कर्मचारी एउटा बघिनी खोज्न, कारण के त ।

मध्य भारतमा ठूलो स्तरमा एउटा खोजी अभियान जारी छ। वन विभागका एक सयभन्दा बढी अधिकारी, सुरक्षाकर्मी, बेहोस पार्ने विशेषज्ञ, निशानेबाज र पशु चिकित्सक एउटा

टर्की हुँदै ग्रिस हिँडेका २२ प्रवासीको सडक दुर्घटनामा मृत्यु, १३ घाइते

बीबीसी टर्कीमा प्रवासीले खचाखच भरिएको एउटा ट्रक नहरमा खस्दा कम्तीमा २२ को मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकासमेत रहेको त्यहाँको सरकारी

८ सय उम्मेदवारका लागि पन्ध्र पृष्ठको मतपत्र, मत हाल्ने कसरी होला  

काबुल । आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ? काबुलका मतदाताले आगामी अक्टोबर २० मा