रुकुम आठबिसकोटमा २५ शैयाको अस्पताल सञ्चालन

अनलाइन तहल्का 
असोज १३, रुकुम । 
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा २५ शैयाको अस्पताल संचालनमा ल्याइएको छ । 
शनिबार आठविसकोट नगरपालिकाको २५ शय्याको अस्पताल पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले औपचारिक रुपमा उद्घाटन समेत गरेका छन् । 
कार्यक्रममा बोल्दै पूर्व मन्त्री शर्माले  अबको समयमा नगरपालिका र जिल्लाले आम जनता तथा बालबालिकाको उज्ज्वल भविष्यका लागी शिक्षामा र जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउनकै लागी विशेष जोड दिनु पर्ने बताए । 
आठविसकोट नगर अस्पतालले गत आइतबार बाट विभिन्न सेवा समेत शुरु गरिसकेको छ । स्थानीय सरकार संचालन ऐनले नगरपालिका मार्फत २५ शय्या सम्मको अस्पताल संचालन गर्न पाउने व्यवस्था छ । 
सोही व्यवस्था अनुसार अस्पताल संचालनमा ल्याएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । 
उनका अनुसार नगरपालिकाले हालसम्म अस्पताल संचालनका लागि एक करोड बढी रकम खर्च गरिसकेको छ ।  
२५ शय्याको अस्पताल स्थापना गरेको नगरपालिकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डाक्टर उपलब्ध गराएको छ । 
अस्पतालमा रेडियाग्राफी, ल्याब टेक्निसियन, असिस्टेन्ट, अनमी, स्वास्थ्य सहायक, अहेबलगायत स्वास्थ्यकर्मी भर्ना गरिएको छ । 
अस्पतालसम्बन्धी कार्या्विधि अनुसार अन्तरंग बहिरंगका साथै डिजिटल एक्सरे, अल्ट्रा साउन्ड र इसीजीलगायत सेवा रहेको बताइएको छ । 
यसअघि उपचारको लागि जिल्ला अस्पताल तथा जिल्ला बाहिर जाने गरेका स्थानीयहरू गाउँमै अस्पताल संचालनमा आएपछि खुसी भएका छन् । 
स्थानीय सत्य बटालाले सुविधा सम्पन्न अस्पताल नगरमा पहिलो पटक संचालनमा आएपछि उपचारमा दैनिक जसो बिरामीहरूको लर्को सुरु भएको छ ।
 

प्रतिकृया दिनुहोस

मासु खाएपछि आधा घन्टा श्रम गर्नु डाक्टरको सुझाव

काठमाडौं । दशैंमा माछा(मासुबाट बन्ने परिकारको अत्यधिक खपत हुन्छ । सप्तमीदेखि मासु खान सुरु हुन्छ र यो क्रम दशैंभरी चल्छ । तर, दशैंमा मासु सेवन गर्दा

जान्नुहोस् अकबरे खुर्सानीका अचुक फाइदा 

काठमाडौ । कसैलाई भान्सामा खुर्सानी नभई भाग नै रुच्देन । यसैले जहिलै खुर्सानी किन्न बजार जाने गर्दछन् । तपाईपनि खुर्सानी किन्न जानुहुन्छ भने याद

ध्यान दिऔ पानीपुरी खाँदा ४३  बिरामी बने, पानीपुरी कस्तो थियो त

सुर्खेत ( सुर्खेतको भेरीगंगा नगरपालिकामा पानीपुरी खाँदा ४३ जना बिरामी परेका छन् । बिरामी परेकामध्ये १० जनाको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ