कर्णालीका २ स्थान कपुरकोट र हर्रेमा विषादी प्रयोगशाला स्थापना हुने

अनलाइन तहल्का 
असोज १३, सल्यान ।
कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि डेढ करोड बजेट छुट्याइएको छ । कर्णालीलाई अर्गानिक र जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा प्रयोगशाला स्थापनाका लागि एक करोड ५० लाख बजेट छुट्याएको हो ।


बाहिरबाट आउने तरकारी फलफूल, मासु लगायतका खाद्य वस्तुमा विषादीको परीक्षण गर्नका लागि कर्णाली सरकारले प्रयोगशाला स्थापना गर्न लागिएको हो । दशै लगतै प्रयोगशाला स्थापनाको काम सुरु हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । बाहिरी जिल्लाबाट कर्णाली भित्रिने तरकारी लगायतका वस्तु परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागिएको उनको भनाई छ । सरकार गठन भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकले यस प्रदेशभित्र प्रांगारिक कृषि विस्तार र रैथाने बाली संरक्षण गर्ने निर्णय गरेको थियो । 

मन्त्रालयले सल्यानको कुमाख गाउँपालिका, मुगुको खत्याड र सोरु गाउँपालिका, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको सिंजा क्षेत्र, हुम्लाको ओदानचुली र ताजाकोट गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी र ठूलोभेरी नगरपालिका, दैलेखको भगवतीमाई गाउँपालिका, रुकुमको आठबीसकोट नगरपालिका, र सुर्खेतको सिम्ता गाउँपालिकामा प्राङ्गारिक नमुना प्रयोगशाला निर्माण गर्ने तयारी गरेको छ ।
 

प्रतिकृया दिनुहोस

रेडियो राप्ती १२ बर्षमा प्रवेश, बार्षिकोत्सवमा कपडा र रेडियो वितरण 

अनलाइन तहल्का  मंसिर २६, सल्यान । सल्यानको पहिलो एफएम रेडियो राप्ती एफएम १२ बर्षमा प्रवेश गरेको छ । शारदा मिडिया संगमले संचालन गरेको सामुदायिक

बंगुर पालनबाट मासिक ८० हजार आम्दानी

मंसिर २०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ कपुरकोटका किसान भक्त बहादुर घर्तीको बंगुर खोरमा ५७ वटा बिभिन्न जातका बंगुरहरु रहेका छन्

वाईफाईभन्दा फास्ट चल्ने बन्दै मोबाइल नेटवर्क

अनलाईन तहल्का  काठमन्डाै विश्वका विभिन्न देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ