विप्लव भन्छन– “साह्रै सरम भो” (भिडियो साथमा)

अनलाइन तहल्का 
असोज १४, काठमान्डौं  
एकिकृत क्रान्तिको नारा लिएर संघर्षमा रहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव गीतकार पनि हुन । 
उनि कहिलकसो गीत लेख्नेपनि गर्छन । उनले जनयुद्धका बेला दर्जनौं गीत लेखेका छन । 
कदममा कदम जोडेर, जंग हो यो जंग साथी जंग उनका जनयुद्ध कालमा चर्चामा रहेका गीत हुन । 
उनले पछिल्लो समय लेखेको कसले बनायो दाजै उडि जाने बस भन्ने बोलको गीतले परदेशीने नेपालीको पिडा ओकलेको छ । माइला लामाको संगित रहेको उनको त्यो गीतमा निर्मला घिसिङको स्वर रहेको छ । त्यसको भिडियो हामीले यो लिंकमा राखेका छौं ।  
देशप्रेमी नेपालीको मनमा बस्नसक्ने शब्द भएको उनको त्यो गीत चर्चामा रह्यो । उनले भर्खरै यस्तो पनि सरकार भन्ने गीत लेखेको रातोखबरले छापेको छ । 

उनको गीतका शब्द यस्ता छन 
यस्तो पनि सरकार

 

यस्तो पनि सरकार कम्युनिस्टको हुन्छ त
यो त साह्रै बेइज्जत भो, यो त सारै सरम भो

 

देश बेच्नु हुन्न भन्दा गोली चलाउने
भ्रष्टाचार भयो भन्दा जेल पठाउने
तस्करी बढ्यो भन्दा अतिवादी देख्ने
बलात्कारको विरोध गर्दा उग्रवादी देख्ने
यस्तो पनि  .................
यो त सारै ..................

 

शान्तिपूर्ण सभा पनि गर्न नपाउने
जनताका आवाजहरू, बोल्न नपाउने
विदेशीको पाउमा तेल लगाउने
योद्धाहरूको पाउमा नेल लगाउने
यस्तो पनि  .................
यो त सारै ..................

 

सर्वहारा भन्दै, अर्बपति बन्दै
कम्युनिस्ट हो भन्दै, पुँजीवादी बन्दै
सुविधाको कुरा मात्रै कागजमा लेख्ने
करमाथि कर थपी जनतालाई सेक्ने
यस्तो पनि  .................
यो त सारै ..................

 
कसले बनायो दाजैको भिडियो 

 

प्रतिकृया दिनुहोस

खैरावाङ्ग मन्दिरमा नयाँ प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

अनलाइन तहल्का  मंसिर २७, सल्यान । सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले प्रदान गरे जग्गा

 अनलाइन तहल्का  मंसिर २२, सल्यान ।      सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ । शारदा नगरपालिका ३ मा

सल्यानमा जमानाकै याद दिलाउने गरि माैलिक नाच प्रदर्शन

अनलाइन तहल्का  मंसिर २२, सल्यान ।    सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ