दाङमा १३ सय भन्दाबढी बालबालिका विद्यालय बाहिर

आशिष केसी, अनलाइन तहल्का 
असोज १६ दाङ ।
    दाङमा एक हजार ३ सय ५६ बालबालिका अझैं पनि विद्यालय बाहिर रहेका पाइएको छ । सरकारले सामुदायिक विद्यालयका लागि अरबौं रकम खर्च गरे पनि विद्यालय बाहिर रहेका बालबालिकाको संख्या भने घट्न सकेको छैन । 
    विद्यालयमा बालबालिकालाई भर्ना गराउने अभियान पनि भइरहन्छ । सोहीअनुरुप भर्ना अभियानमा पनि लाखौँको खर्च हुने गरेको छ तर बालबालिकाको आधारभूत र अनिवार्य मानिएको विद्यालय तहको शिक्षा अझै सबै बालबालिकाले प्राप्त गर्न सकेका छैनन् । 
    जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा अझै पनि दुई दशमलव आठ प्रतिशत अर्थात् एक हजार ३ सय ५६ बालबालिका विद्यालय बाहिर रहेका तथ्याङकले देखाएको छ । 
    पाँच वर्षदेखि १६ वर्ष उमेर समूहका ७० बालबालिका उमेर पुगेर पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् भने तीन वर्षदेखि पाँच वर्ष उमेरका २ सय ८५ बालबालिका विद्यालयमा आउन नसकेका हुन् । विद्यालय छाड्ने बालबालिकाको संख्या भने एक हजार एक रहेको छ । 
    अहिले दाङको घोराही, तुलसीपुर, लमही, भालुवाङ, नारायणपुरका होटल, रेष्टुराँ, साना उद्योग, फर्निचरमा धेरै बालबालिका मजदूरका रूपमा काम गरिरहेका छन् ।
 जिल्ला शिक्षा समन्वय इकाइका सूचना अधिकारी देवमणि चौधरीले परिवारको चेतनास्तरकै कारण बालबालिका विद्यालय बाहिर रहेका बताउनुभयो । 
स्रोत व्यक्ति, विद्यालयका प्रअ, शिक्षक र त्यहाँ अध्ययनरत विद्यार्थीले पनि बालबालिकालाई विद्यालय ल्याउनका लागि विभिन्न अभियान सञ्चालन गरेका छन् । 
तर अभिभावकले विद्यालय भर्ना गर्न चासो नदिंदा धेरै बालबालिका विद्यालय बाहिर भएको उहाँको भनाइ छ ।  
 

प्रतिकृया दिनुहोस

कपुरकोट सास्कृतीक फेस्टीबल सम्पन्न, दोहोरीमा प्रतिष्ठान, उत्कृष्ट बन्यो रेडियो जागरण

अनलाइन तहल्का  असोज २९, सल्यान ।     सल्यान कपुरकोटमा आयोजित सामुदायिक रेडियो कप लोक दोहोरी प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित गित

दशैका अवसरमा खैरावाङ, अनि खैरावाङ के हो बुझौं । (स्थलगत भिडियो) 

रेडियो तहल्काका स्टेशन म्यानेजर तथा अनलाइन तहल्काका सम्पादक डिल्लीराज रावत आज खैरावाङमा पुगेर त्यहाँका अध्यक्ष  छवि कुमार शर्मासंग कुरा गरेका छन ।

सल्यानको बागचौरमा अँकितले गरे रचना बाचन, सयौको सहभागिता 

पुष्पा रिजन डिसी, अनलाइन तहल्का आश्विन २६, सल्यान ।     सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको