महेन्द्र सिह धोनअन्तर्राष्ट्रिय क्रिकेट करियर माथी कालो बादल ।

भारतीय क्रिकेट टिमका पुर्व कप्तान महेन्द्र सिह धोनीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करियर माथी विभिन्न आलोचनाहरु सुरु भएसङ्गै अगामी भविस्यको लागि कालो बादल मडराएको छ ।

लगातार आउट ओफ फर्म प्रदर्शन गरिरहेका धोनिको करियरलाई लिएर विभिन्न टीका टिप्पणी समेत सुरु भएको छ । भारतीय क्रिकेट टिममा सबैभन्दा अनुभवी र उत्कृष्ट फिनिसरको रुपमा परिचीत विकेट किपर ब्याट्सम्यान धोनिले हालै सम्पन्न ईङ्गल्याण्ड भ्रमण र एसिया कपमा आशा गरे अनुसार प्रदर्शन गर्न सकेनन ।

एसिया कपमा ६ खेलबाट जम्मा ७७ रन जोडेका धोनिलाई अगामी सन २०१९को विश्वकप सम्म टिममा स्थान सुरक्षीत गर्न ब्याटिङ प्रदर्शनमा सुधार गर्नु पर्ने दवाब समेत बढेको छ ।

यसैबीच भारतीय पुर्व क्रिकेटर सन्जय माजरेकरले पनि ईएसपीएनसङ्ग कुरा गर्दै अब महेन्द्र सिह धोनी उत्कृष्ट फिनिसर नरेहेको बताएका छ्न ।

यद्यपि भारतीय टिमका कप्तान विराट कोहली र कोच रवि शास्त्रीले धोनीको प्रदर्शन संतोषजनक नभएको र भारतले धोनी बिना अघिल्लो एकदिवसीय विश्वकप खेल्ने बारे नसोचेको बताएका छ्न ।

३७ वर्षीय महेन्द्र सिह धोनीले हाल सम्म भारतको लागि ९० टेस्ट , ३२७ एकदिवसीय र ९३ टि-२० खेल खेलिसकेका छ्न ।

प्रतिकृया दिनुहोस

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा

सल्यानमा “परिवर्तन शिल्ड” फुटवल प्रतियोगिता हुदै, पुरस्कार नै ७० हजार

अनलाइन तहल्का  कार्तिक २० सल्यान ।  सल्यानमा पहिलो “परिवर्तन शिल्ड” खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।      कार्तिक २६ देखि खलंगा

शारदा नगरको मेयर कप वडा नं ६ वरलालाई 

अनलाइन तहल्का  कार्तिक १८, सल्यान । शारदा नगरपालिकामा भएको दोस्रो मेयर कप भलिवल प्रतियोगिताको उपाधी वडा नं. ६ वरलाको टिमले जितेकोछ ।  आज भएको फाइनल