तोरीको तेलका उपयोगी र फाइदा   के -के छन ।

अनलाइन तहल्का 

असोज१६, सल्यान ।

 

 खासगरी तोरीको तेल भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ ।

 दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ  पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ । 

 

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट मुफा २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (मुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ ।

यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन । तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् । एक चम्चा तोरीको तेलमा ०।८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ ।

 

यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८/३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ। 

 

(१)क्यान्सरको खतरा घटाउँछ

अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ । साउथ डकोटा युनिभर्सिटीको टोलीले गरेको अनुसन्धानले पनि यही कुरालाई प्रमाणित गरेको छ । उनीहरुले कोलोन क्यान्सर लागेको मुसामा तोरी, मकै र माछाको तेल प्रयोग गरेका थिए । तीमध्ये तोरीको तेलले बढी काम गरेको पाइएको थियो । 

 

(२)मुटुुका लागि उपयोगी

तोरीको तेलमा मोनोस्याचुरेटेड  र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ ।

यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत गरछ। तोरीको तेल हाइपोकोलेस्टेरोलेमिक ९कोलेस्टेरोल घटाउने०  र हाइपोलिपिडेमिक ९लिपिड घटाउने० तत्व पाइन्छ । यसले एलडीएल ९ खराब कोलेस्टेरोल घटाई र एचडिएल ९असल० कोलस्टेरोल बढाउँछ । यसबाट मुटु रोगको खतरा कम हुन्छ ।

 

(३)प्राकृतिक शक्तिबद्र्धक

तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ । यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

 

(४)चिसो र रुघा निको पार्छ 

तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ  । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ । 

 

(५)जोर्नी दुख्ने र बाथ निको पार्छ

तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्वका रुपमा काम गर्छ । 

 

(६)शरीरका अंगहरुको कार्यमा सुधार ल्याउँछ

तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसन्चारलाई बढाई ताजा महसुस गराउँछ र अंगहरुको कार्यक्षमता पनि बढ्छ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ । यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन् । 

 

(७)दममा उपयोगी

दम यस्तो  रोग हो, जसको कुनै उपचार छैन । तर तोरीको तेलको उपयोगले यसको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ । यो दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो । खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ । एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ । 

   

यसका साथै तोरीको तेलमा अन्य फाइदा

 

(१)मष्तिष्कको कार्यक्षमता बढाउँछ
(२)दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ
(३)छाला स्वस्थ बनाउन मद्दत गर्छ
(४)शरीरका काला धब्बा हटाउँछ
(५)प्राकृतिक सनस्क्रीनको काम गर्छ
(६)छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ
(७)कपाल झर्नबाट  जोगाउँछ, सुख्खा हुुन दिँदैंन
(८)कपाल चाँडै फुल्न दिँदैंन
(९)तोरीको तेल चायाँ पर्न दिँदैंन

प्रतिकृया दिनुहोस

यसकारण हुन्छ कम उमेरमै स्मरणशक्ति ह्रास

डा. ललितकुमार मिश्र मानव जीवनमा स्मरणशक्तिको ठूलो महत्व छ । स्मरणशक्ति तेज भएका मानिसहरुले हरेक क्षेत्रमा चाँडो प्रगति गर्न सक्छन् । कमजोर हुनेहरु

सुन्दर बच्चा चाहनुहुन्छ भने खानामा समावेश गर्नुस यि तत्वहरु

अनलाइन तहल्का मंसिर २४, सल्यान यदि तपाईँ चाहानुहुन्छ, कि तपाईँको हुनेबाला बच्चा तेज दिमाग र स्मार्ट होस भने पोषक तत्वले भरिपूर्ण खानाको साथै

स्वास्थ्य सुधारको लागि समाजमा अन्तरव्यक्ति संचारको आवश्यकता, सल्यानमा पिएसआइको १५ महिने परियोजना सकियो

अनलाइन तहल्का मंसिर २४, सल्यान । मानिसमा व्यवहारमा परिवर्तन नहुनुले उनिहरुको स्वास्थ्यमा समस्या देखिने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिले