टरिगाउँ विमानस्थलमा नियमित उडान हुने, सातामा कति उडान हुन्छन त

अनलाइन तहल्का 
असोज १६, काठमाडौं । 
    लामो समय बन्द रहेको दाङको टरिगाउँ विमानस्थलमा अब नेपाल एयरलाइन्सको जहाजले नियमित उडान भर्ने भएको छ । 
    तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच भएको सहमतिअनुसार आज सानो जहाजले परीक्षण उडान गर्ने भएको हो । दसैँ अगाडि नै सातामा दुई पटक विमान सेवा सञ्चालनको तयारी भइरहेको निगममा प्रवक्ता अशोक सिग्देलले बताए । 
    इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान अवतरणको तयारी रहेकोसमेत उहाँले जानकारी दिए । प्रवक्ता सिग्देलले आज परीक्षण उडान भएसँगै विमान सेवा दसैँ अगाडि सातामा दुई पटक सञ्चालन हुने बताए । 
    परीक्षण उडानको प्रतिवेदन पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर सहमति दिएपछि उडान तालिका बनाइनेछ । नेपाल एयरलाइन्सले उडान भर्ने भएकाले अन्य विमान कम्पनीको भन्दा कम भाडा हुने नगरप्रमुख पाण्डेले जानकारी दिए । 
    उनले सातामा दुई पटक सञ्चालन हुँदा ६ हजारसम्म र त्यसपछि पाँच हजारभन्दा पनि कम भाडाबाट यात्रा गर्न सकिने बताए । 
    तुलसीपुर उपमहानगरपालिकाले भदौ ३१ गते विमान सेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङका सम्पूर्ण सभासद् र निगमका प्राविधिक कर्मचारीको सहभागितामा विमानस्थलमै अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

रेडियो राप्ती १२ बर्षमा प्रवेश, बार्षिकोत्सवमा कपडा र रेडियो वितरण 

अनलाइन तहल्का  मंसिर २६, सल्यान । सल्यानको पहिलो एफएम रेडियो राप्ती एफएम १२ बर्षमा प्रवेश गरेको छ । शारदा मिडिया संगमले संचालन गरेको सामुदायिक

बंगुर पालनबाट मासिक ८० हजार आम्दानी

मंसिर २०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ कपुरकोटका किसान भक्त बहादुर घर्तीको बंगुर खोरमा ५७ वटा बिभिन्न जातका बंगुरहरु रहेका छन्

वाईफाईभन्दा फास्ट चल्ने बन्दै मोबाइल नेटवर्क

अनलाईन तहल्का  काठमन्डाै विश्वका विभिन्न देशहरुमा वाईफाई इन्टरनेट भन्दा मोबाइल नेटवर्कको इन्टरनेट गति तीव्र रहेको एक अध्ययनले देखाएको छ