नेकपा नेता जीवन्त र गम्भीर ६६ दिनपछि रिहा, कार्यकर्ताले यसरी गरे स्वागत 

अनलाइन तहल्का 
असोज १६, काठमाडौं ।
    नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ ६६ दिनपछि रिहा भएका छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।
गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा चेतन शर्माले दायर गरेको रिटमाथिको न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो । यो पाँचौं रिट हो ।
रिट निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, संखुवासभा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत संखुवासभा लगायतलाई विपक्षी बनाइएको थियो । रिहा भएलगत्तै दुवै नेताहरुलाई नेकपा कार्यकर्ताले अबिर र खादा लगाएर स्वागत गरेका छन् ।
दुबै नेतालाई साउन १० गते काठमाडौंको नागढुंगाबाट प्रहरीले गिरफ्तार गरी झुटा मुद्दा लगाउँदै विभिन्न जिल्लाहरुमा पुर्याएको थियो । तर, प्रहरीले लगाएको कुनै पनि आरोप पुष्ट नभएको भन्दै सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिँदै आएको थियो ।

रिहा भएलगत्तै नेकपाका नेता–कार्यकर्ता, परिवार र समर्थक तथा शुभचिन्तकले सर्वोच्चको गेटमै पुगेर स्वागत गरेका थिए ।
यसअघि पार्टीका प्रवक्ता प्रकाण्ड, नेतृ उमा भुजेल र आजाद केसी सर्वोच्वको आदेशमा रिहा भइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सहिद, घाईते, अपाङग परिवारका लागी सम्मान गर्ने कार्यक्रम ल्याउनु पर्छ ः मन्त्री ज्वाला 

मिना खड्का  अनलाइन तहल्का फागुन १ सल्यान । तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको २३ वर्ष पुगेर २४ वर्ष लागेको अवसरमा नेपाल कम्युनिष्ट पार्टी

संविधान संशोधनको पक्षमा अध्यक्ष प्रचण्ड

अनलाइन तहल्का पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा

नेविस‌ंघका अध्यक्ष नैनसिंह महरसहित १२ जना पक्राउ

अनलाइन तहल्का   नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेविसंघ अध्यक्ष