जनप्रतिनिधि स् २ वर्ष पनि नपुग्दै प्रमुखलाई पुनस् नयाँ गाडी, वडाध्यक्षलाई मोटरसाइकल

सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् ।
योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने प्रकारले अघि बढेका छैनन् ।जनप्रतिनिधिलाई भने आफ्ना सुविधाका लागि सरकारी गाडी मोह भएको पाइएको छ ।
निर्वा्चित भएसँगै केही स्थानीय तहले आफ्नै बजेटबाट गाडी खरिद गरेका थिए। २ वर्ष पनि नपुग्दै पुनस् नयाँ गाडी खरिदको तयारी सुरु भएको छ।
नगर र गाउँपालिका प्रमुखका लागि गाडी खरिदसँगै उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाडी किन्ने तयारीमा रहेको जनप्रतिनिधि नै बताउँछन्। त्यसो त सबै नगर र गाउँका प्रत्येक वडाका वडाध्यक्षहरूलाई स्थानीय तहले मोटरसाइकलको व्यवस्था गरेका छन्।
विकास निर्माणका लागि सवारीसाधन अनिवार्य भन्दै खरिदका लागि ५ नगर र ६ गाउँपालिका सबैले रकम विनियोजन गरेको जनाएका छन्।
अर्जुनचौपारी गाउँपालिकाले एउटा गाडी, प्रत्येक वडा र नगर कार्यपालिकाका लागि समेत गरी १२ मोटरसाइकल खरिद गरेको छ। ३ नम्बर वडा समितिमा २ मोटरसाइकल छन्। प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार गाउँ कार्यपालिकामा थप अर्को गाडी आवश्यक छ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 
 

प्रतिकृया दिनुहोस

सार्वजनिक ठाउँमा सुत्न नपाईने

एजेन्सी । हंगेरीमा अब सार्वजनिक ठाउँमा सुत्न नपाईने भएको छ । प्रधानमन्त्री भिक्टर ओरबानको सरकारले सार्वजनिक ठाउँमा सुत्नु गैरकानुनी ठहरिने कानुन

यस्ता छन् आजका कार्टुन

काठमाडौँ । नेपालका विभिन्न दैनिक पत्रिकामा व्यङ्ग्यसहितका काटुर्नहरु प्रकाशित भएका छन् । हेर्नुहोस् सोमबार दैनिक पत्रिकामा प्रकाशित केही

५२ करोड तिरेनन् ठूला उद्योगीले

विराटनगर ( मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गर्दै आएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।  विराटनगरस्थित