नेकपा पोलिट्ब्यूरो पदम सदस्य राई र ओम पुन रिहा

अनलाइ तहल्का 
असोज १९, काठमाडौँ । 

    नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई र ओमप्रकाश पुन रिहा भएका छन् । पुन र राईलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै रिहाइको माग गरी पुनकी श्रीमती गौरा धामीले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
    रिटमाथिको बहसपछि सुनुवाइ गर्दै दुई न्यायाधीश मिरा खड्का, अनिलकुमार सिन्हाको आदेशमा रिहा भएका हुन् । बन्दीको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरु कपिलचन्द्र पोखरेल, खिमानन्द अधिकारी, चीरञ्जीवी ढकाल र राजु अधिकारीले बहस गरेका थिए ।
    यसअघि राईलाई संखुवासभा र पुनलाई बाँकेबाट रिहा भएपछि पुनः गिरफ्तार गरेर दाङ र्पयाइएको थियो । असार १६ गते पार्टीको सार्वजनिक कार्यक्रमबाट राईलाई र पुनलाई असार १९ गते लाजिम्पाट प्रहरीले गिरफ्तार गरेको थियो ।
    दुबै नेतालाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको थियो । गैरकानूनी रुपमा गिरफ्तार गरेको रिटमाथि बहस गर्दै यसअघि सर्वोच्चले दुबै नेतालाई रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले परिसरबाटै गिरफ्तार गरेर विभिन्न जिल्लामा पुर्याउँदै आएको थियो ।
 

प्रतिकृया दिनुहोस

शसक्त रूपमा अघि बढदै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस

नन्दराम खड्का ,अनलाइन तहल्का रोल्पा २८, मंसिर  स्थानीय सरकारको गतिविधि प्रति असन्तुष्ट हुँदै प्रमुख प्रतीपक्ष दल नेपाली काङ्ग्रेसले रुन्टिगढि

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा