खानेपानी र सरसफाई कर्णालीको पहिलो प्राथमिकता: ज्वाला

अनलाइन तहल्का,  हिमाल उपाध्याय
सल्यान, असोज २० गते ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शुद्ध पानी पिउनु र स्वच्छ वातावरणमा वाँच्न पाउने अधिकार संविधानमा ग्यारेन्टी भएकोले यसको परिपुर्ति गर्न सरकारले नीति कार्यक्रम अघि सारेको  वताउनु भयो । उहाले भन्नु भयो  जनताले खानेपानी मात्र होईन स्वच्छ खानेपानी पिउन पाउनु पर्दछ ।
ठूला खानेपानी आयोजना केन्द्र सरकार संग जोडिएको विषय भए पनि साना र मझौला खानेपानी योजना स्थानीय र प्रदेशसरकारले सञ्चालन गर्ने जीम्मेवारी रहेको छ ज्वालाले भन्नु भयो  एक घर एक धारा कार्यक्रम अभियान सरकारका तर्फवाट सञ्चालन गरिने छ । खानेपानीमा जनताको पहुचमा पुरयाउने गरी प्रदेश सरकारले प्राथमिकता राखेर निति कार्यक्रम र वजेट ल्याउछौ ।
विकास आयोजनालाई प्रभावकारी,गुणस्तरिय वनाउन नागरिक संगठन,उपभोक्ताहरु सक्रिय वन्नु पर्छ । योजना आयोजनामा विनियोजन भएको वजेटको  सदुपयोग नभएको  गुनासो आईरहेकोले सवै चनाखो वन्नु पर्ने ज्वालाले भन्नुभयो  भ्रष्टाचार, अनियमितता रोक्न सवै लागौ ।
कर्णाली प्रदेशमा पूर्वाधारमा सडक,  विद्युत र खानेपानी लगायतका क्षेत्रमा विकास गर्न आवश्यक वजेटका लागि संघिय सरकार,  वैदेशिक सहयोग, आन्तरिक र वाह्य स्रोतको खोजी गरिरहेको ज्वालाको भनाई छ । उहाले भन्नु भयो यहाँको  विकासगर्न सवैतिरवाट सहयोग आवश्यक छ ।
सल्यान लगायतका पहाडि जिल्लामा खानेपानीका मुहानहरु सुक्दै गएकोले  वन वातावरण संरक्षणमा उपभोक्ताहरुले  ध्यान दिनु पर्ने ज्वालाले भन्नु भयो  वन जंगल विनासले खानेपानीमा समस्या उत्पन्न भएको छ ।
सल्यान जिल्ला समन्वय समितिका प्रमुख केशवहादुर विष्ठले  जिल्लाभर खानेपानीको अवस्था वारे तथ्याङ संकलन भैरहेको  वताउनु भएको छ । उहाले भन्नुभयो जिल्लामा खानेपानीको  अवस्था पत्ता लगाई सकेपछि के गर्नु पर्छ थाहा हुने छ ।
सल्यान जिल्लालाई सन २०२२ सम्म पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने तयारी भैरहेको छ ।  खानेपानीको  ब्यवस्था नभए सम्म सरसफाईले पूर्णता पाउदैन विष्टले भन्नुभयो यसलाई कार्यान्वयन गर्न खानेपानी उपभोक्ताका सदस्यहरुले खवरदारी गर्नु आवश्यक छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, नेकपा नेता भीम प्रकाश शर्मा,नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा,गैह्रसरकारी संस्था महासंघकापूर्व अध्यक्ष ज्ञानेश्वर केसी लगायतले शुभकमना मन्तब्य राख्नु भएको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका उपाध्यक्ष पूर्णिमा विक स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको अध्यक्षता केशव वुढाथोकी र सञ्चालन राजेश विकले  गर्नु भएको थियो ।
यसै अधिवेशनले नीति कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्ने  सचिव प्राण राईले  वताउनु भयो ।

प्रतिकृया दिनुहोस

मुटुरोगीको सङ्ख्यामा अत्याधिक बृद्दि

  अनलाइन तहल्का जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्याधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित

दोलखामा हिउँ खेल्न पर्यटकको घुइँचो

  अनलाइन तहल्का दोलखाको उच्च भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै हिउँ खेल्न आउने पर्यटकको घुइँचो लागेको छ ।जिल्लाको पर्यटकीय क्षेत्र

बच्चालाई कसरी अनुशासित बनाउने?

अनलाइन तहल्का माघ १४, काठमाडौँ   तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के