सल्यानमा जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता, १८ टिम सहभागी

अनलाइन तहल्का 

असोज २१, सल्यान ।
सल्यानमा तेस्रो जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शनीबार देखी शुरु भएको छ । सल्यानको शारदा नगरपालिका १ श्रीनगरमा शुरु भएको प्रतियोगितामा जिल्लाका १८ टिमको सहभागिता रहेको छ । जिल्ला ब्याडमिन्टन संघ सल्यानको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुनेले दश हजार नगद सहित मेडल र प्रमाण पत्र पाउने ब्याडमिन्टन संघ सल्यानले जनाएको छ ।
यस्तै प्रतियोगितामा द्धितिय हुनेले नगद आठ हजार र प्रमाणपत्र तथा तृतिय हुनेले पाँच हजार नगद सहित प्रमाणपत्र पाउने छ । आजसम्म चल्ने प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ । जिल्ला ब्याडमिन्टन संघ सल्यानका अध्यक्ष मान बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादु शाही, शसस्त्र प्रहरी प्रमुख, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता भिम प्रकाश शर्मा लगाएतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकुद क्षेत्रको बिकासको लागी ब्याडमिन्टन प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनीहरुले जिल्लामा कवर्ड हल नहुदाँ खेलकुद सञ्चालन गर्न समस्या भएको बताएका छन् ।

 
 

प्रतिकृया दिनुहोस

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा

सल्यानमा “परिवर्तन शिल्ड” फुटवल प्रतियोगिता हुदै, पुरस्कार नै ७० हजार

अनलाइन तहल्का  कार्तिक २० सल्यान ।  सल्यानमा पहिलो “परिवर्तन शिल्ड” खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।      कार्तिक २६ देखि खलंगा

शारदा नगरको मेयर कप वडा नं ६ वरलालाई 

अनलाइन तहल्का  कार्तिक १८, सल्यान । शारदा नगरपालिकामा भएको दोस्रो मेयर कप भलिवल प्रतियोगिताको उपाधी वडा नं. ६ वरलाको टिमले जितेकोछ ।  आज भएको फाइनल