सल्यानमा विमानस्थल सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक (भिडियो सहित)

अनलाइन तहल्का
असोज २१, सल्यान । 
सल्यानमा बन्ने विमानस्थलको सम्भाव्यता अध्ययन गरेपछिको विवरण आज गाउपालिकाले सार्वजनिक गरेको छ । 
आज एक कार्यक्रमको आयोजनागरी छत्रेश्वरी गाँउपालिका ५ मा पर्ने लेखपोखराको डाँडामा प्रस्ताव गरीएको छत्रेश्वरी विमानस्थल सम्भावित अध्ययन प्रतिवेदन सार्वजानिक गरिएको हो । 
अनुमानित ८१ करोड लागत अनुमान गरीएको उक्त विमानस्थल वनाउदा धावन मार्गका लागी चाहीने जमिन ६ सय ३० मिटर प्रसस्त पुग्ने र केही जग्गा सार्वजानिक भएको र केही सामुदायिक वनको भएकोले प्रकृयाको हिसावले पनि सजिलो रहेको र प्राविधिक रुपमा चाहिने जमिन प्रसस्त रहेको प्राविधिक टोलिको प्रतिवेदनमा जनाइएको छ ।
    भु वनावटको हिसावले पक्कि जमिन भएकोले ग्राउण्डका लागी प्रसस्त र राम्रो जमिन रहेको सार्वजनिक प्रतिवेदनमा जानकारी गराइएको छ ।
सल्यान र रोल्पा जिल्लाका पश्चिमी भोगका करीव ३ लाख पचास हजार जनसंख्यालाई लक्षित गरी अध्यन थालिएको विमानस्थलमा १९ सिटे टुईनेटर विमानहरु अवतरण गर्न सक्नेछन ।
    छत्रेश्वरी गाँउपालिका अध्यक्ष सन्तोष केसी का अनुसार यो छत्रेश्वरी गाँउपालिकाको लागी त हुदै हो त्यति मात्र नभएर सिंगो सल्यानका लागी ड्रीम प्रोजेक्ट भएकाले ले अहिले नै लागत देखेर डराउनु पर्ने अवस्था नरहेको धारणा व्यक्त गरे । 
    उनले भने – “हामी भन्दा कमजोर र सानो जमिन भएका स्थानमा विमानस्थल सुचारु भएका छन त्यसैले हाम्रो लागी यो अवसर पनी हो । शुरुमा धरैलाई सुन्दा अपत्यारीलो लाग्न सक्छ तर सवैको सहकार्य सहयोग ले यो सम्भावना पनी छ र बनाउनु पनि पर्दछ ।”
    छत्रेश्वरी गाँउपालिका वार्ड नं ५ मा अवस्थित प्रस्तावित छत्रेश्वरी विमानस्थलको अध्ययन गर्ने जिम्मा पाएको आरम्भ आर्केटेक्ट एण्ड ईञ्जिजिनियर्सको टिमले अध्ययन प्रतिवेदन सार्वजनिक गरेकोे हो ।
कार्यक्रममा सहभागिहरुले भएका विमानस्थल पनि संचालनमा ल्याउन नसकेको अवस्थामा विमानस्थल बनाउछु भन्नु चुनौति भएको बताउदै सोचेर काम गर्न सुझाव दिएका छन । 
यस्ता छन २ भिडियो ।

प्रतिकृया दिनुहोस

संसदका कर्मचारी भत्ता नपाएकाले आन्दोलित हुदै 

अनलाइन तहल्का  मंसिर २७, काठमान्डौं ।     गएको साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलित भएका छन् ।      चालु आर्थिक

आगलागी-पीडितलाई विप्लव माओवादीको ७५ हजार सहयोग

मंसिर २४, रुकुम . विप्लव नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले देशका विभिन्न ठाउँमा चन्दा आतंक मच्चाएर व्यापारीहरूलाई दुख दिएको बेलाबेला चर्चा

वित्तिय संस्थाद्वारा वाख्रापालन तालीम प्रदान, मृतक विमित परिवारले पाए १ लाख ३८ हजार

दुर्गा वि.सी., अनलाइन तहल्का  मंसिर २०, सल्यान ।  निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीवजारले सल्यान र सुर्खेतका महिलाई संयुक्त रुपमा