थाइल्याण्ड माथि नेपालको जित, नेपाल समुह बी को शिर्ष स्थानमा

अनलाइन तहल्का 
असोज २१, काठमाडौं । 
आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनले पराजित गरेको छ ।
टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थाइल्याण्डले ८ दशमलव पाँच ओभरमा ९ विकेट गुमाउँदा वर्षाका कारण खेल प्रभावित भयो । पानी नरोकिएपछि डक वर्थ लुइस नियमअनुसार, नेपाल एक सय ४० रनले विजयी भएको हो ।
नेपालका सन्दिप लामिछानेले सर्वा्धिक पाँच विकेट लिए । करन केसीले तीन विकेट लिन सफल भए भने ललित राजवंशीले एक विकेट लिए ।
नेपालले सबै ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो। नेपालका लागि १४ बल मात्र खेलेका करण केसीले ४ छक्का र २ चौका प्रहार गर्दै सर्वा्धिक नटआउट ४० रन बनाए ।
मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत नेपालको यो तेस्रो जित हो । नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।
यस सँगै नेपाल तीन खेलमा ६ अंक जोड्दै नेट रन रेटको आधारमा समुह बी को शिर्ष स्थानमा उक्लिएको छ ।
 

प्रतिकृया दिनुहोस

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा

सल्यानमा “परिवर्तन शिल्ड” फुटवल प्रतियोगिता हुदै, पुरस्कार नै ७० हजार

अनलाइन तहल्का  कार्तिक २० सल्यान ।  सल्यानमा पहिलो “परिवर्तन शिल्ड” खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ ।      कार्तिक २६ देखि खलंगा

शारदा नगरको मेयर कप वडा नं ६ वरलालाई 

अनलाइन तहल्का  कार्तिक १८, सल्यान । शारदा नगरपालिकामा भएको दोस्रो मेयर कप भलिवल प्रतियोगिताको उपाधी वडा नं. ६ वरलाको टिमले जितेकोछ ।  आज भएको फाइनल