सल्यानमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, ज्योती र हरी बने प्रथम 

अनलाइन तहल्का 
असोज २१, सल्यान । 
जिल्ला ब्याडमिन्टन संघ सल्यानको आयोजनामा जिल्ला स्तरिय तेश्रो पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता २०७५ आज सम्पन्न भएको छ । 
    मानबहादुर मल्लको अध्यक्षता र भरत बस्नेतको संचालनमा २० देखी २१ गते सम्म चलेको प्रतियोगितामा उद्धघाटन समारोहमा प्रमुख अतिथि प्र जि अ कमल राज ढकालले उद्घाटन गरेका थिए । 
प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथि शारदा नगरपालिका प्रमुख शुरेस अधिकारी रहेका थिए । 
    ब्याडमिन्टन खेल लाई व्यापक र विकास गर्नका लागि संचालित प्रतियोगितामा सल्यान जिल्ला भरीका १८ टिमले सहभागिता जनाएका थिए । 
    प्रतियोगितामा जोती सुनार र हरी प्रशाद न्यौपाने प्रथम, नेत्र वली र भरत बस्नेत द्धितीय, बिक्रम के सी र हरी राम्जा मगरले तृतीय स्थान हासिल गरेका छन । विजेता खेलाडिहरुलाई प्रमुख अतिथि अधिकारीले पुरस्कार बितरण गरेका थिए ।
    आयोजकले विजेता तथा सहभागि सबै टिमलाई वधाई दिदै आर्थिक सहयोग गर्ने नगर तथा अन्य महानुभावहरुलाई धन्यवाद व्यक्त दिएको जिल्ला व्याडमेन्टन संघका अध्यक्ष मान बहादुर मल्लले जानकारी दिएका छन । 
 

प्रतिकृया दिनुहोस

नेपालका खेलाडि सन्दिप लामिछानेले राखे नयाँ रेकर्ड

अनलाइन तहल्का असोज २६, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले नयाँ कीर्तिमान बनाएका छन् । मलेसियामा जारी आइसीसी टी–२० एशिया

थाइल्याण्ड माथि नेपालको जित, नेपाल समुह बी को शिर्ष स्थानमा

अनलाइन तहल्का  असोज २१, काठमाडौं ।  आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४०

सल्यानमा जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगिता, १८ टिम सहभागी

अनलाइन तहल्का  असोज २१, सल्यान । सल्यानमा तेस्रो जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शनीबार देखी शुरु भएको छ । सल्यानको शारदा नगरपालिका १