मन्त्रीपरिषद बैठकमा पत्रकार र उखुको यस्तो कुरा आयो 

अनलाइन तहल्का 
असोज २१, काठमान्डौं । 
    सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले बढाएको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक बठाउने निर्णय गरेको हो । 
    आगामी काक्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिए । श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५०० पारिश्रमिक पाउदै आएका थिए । 
    अबदेखि न्यूनतम तलब २४ हजार ३ सय ७५ हुनेछ । मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 
    त्यस्तै आजको मन्त्रिपरिषद् बैठकले उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी सात सदस्यीय कार्यदल गठन गरेको छ । 
    राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, उखु उत्पादक संघ, चिनी उत्पादक सङ्घ, उपभोक्ता हित संरक्षणसम्बन्धि संस्था तथा उद्योग, अर्थ र कृषि मन्त्रालयका सह–सचिव रहेको कार्यदल गठन गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए । 
    मन्त्रिपरिषद् बैठकले नेपाल प्रज्ञा प्रतिष्ठानको रिक्त कुलपतिमा गङ्गाप्रसाद उप्रेती र सदस्यसचिवमा प्रा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरेको छ ।
 

प्रतिकृया दिनुहोस

अध्यक्षले मनोमानी गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

डोटी – वडा अध्यक्षले मनोमानी गरेको भन्दै डोटीको शिखर नगरपालिका वडा नं–५ तिजालीमा स्थानीयले तालाबन्दी गरेका छन् ।  वडा अध्यक्षले उपभोक्ता समिति

कमिसनको पोल खोलिने डरले पत्रकारलाइ चक्कु प्रहार

प्युठान । प्यूठानका एक जनप्रतिनिधिले चक्कु प्रहारबाट घाइते पत्रकार केन्द्र पिबीको उपचार भइरहेको छ । प्राथमिक उपचार पछि उनलाई वुटवलमा उपचार भइरहेको

सहकर्मी आक्रमण गर्ने जनप्रतिनिधिलाई क्रान्तिकारी पत्रकारले गरे कार्वाहीको माग 

अनलाइन तहल्का  असोज २९, काठमान्डौं ।      क्रान्तिकारी पत्रकार संगठन, नेपालले पत्रकार आक्रमण गर्ने जनप्रतिनिधिलाई कार्वाहीको माग गरेको छ ।