नेकपाको सचिवालय बैठकमा के भयो, सुटुक्क किन आए अख्तियार प्रमुख

अनलाइन तहल्का  
असोज २२, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । बैठकमा सहभागि एक नेताकानुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदेश भ्रमणबारे बैठकमा कुरा राखेका थिए । सचिवालय बैठक फेरि २४ गते बस्ने गरि सकिएको छ ।
बैठकमा पार्टी एकीकरणका बाँकी रहेका कार्यभार तथा सरकारका विषयमा छलफल भएको बताइएको छ । आजको बैठकमा पार्टी्भित्रको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । 
ओलीले बैठकमा आफ्नो संयुक्त राष्ट्रसंघको महासभा बैठक र कोष्टारिका भ्रमणबारे जानकारी गराएका थिए । त्यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र चीन भ्रमणबारे ‘ब्रिफिङ’ गरेका थिए ।
त्यस्तै बैठकमा माधवकुमार नेपालले अफ्रिकी मुलुक घाना भ्रमण र चीन भ्रमणबारे जानकारी गराए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ आफैंले चीन भ्रमणबारे बैठकमा ब्रिफिङ गरेका थिए । श्रेष्ठका अनुसार प्रदेश कमिटीको गठन, जिल्ला कमिटी गठन, स्थायी समितिको मिति, पार्टी र सरकार सञ्चालन प्रभावकारी बनाउने र पार्टीको निर्णयमा माग भएको छलफलका विषयमा अर्को बैठकमा छलफल हुने बताए ।
प्रधानमन्त्री ओली विदेशमा भएको बेला अर्का नेता माधवकुमार नेपालले संसद् सरकार र पार्टीको आलोचना गरेका थिए । पार्टी एकीकरण र सरकारका विषयमा पूर्व एमाले समूहमा ठूलो विवाद र आरोप प्रत्यारोपको बाढी चलेको देखिन्छ ।
यसैबीच बैठक चलिरहेका बेला अख्तियार प्रमुख नवीनकुमार घिमिरे र प्रधानमन्त्री ओलीबीच भेटको भएको छ । केहिबेर बैठक रोकेर ओली र घिमिरेबीच छलफल भएको एक नेताले पत्रकारलाई जानकारी दिए । उनीहरूबीच करिब डेढ घण्टा छलफल भएको थियो ।
 

प्रतिकृया दिनुहोस

अध्यक्षले मनोमानी गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

डोटी – वडा अध्यक्षले मनोमानी गरेको भन्दै डोटीको शिखर नगरपालिका वडा नं–५ तिजालीमा स्थानीयले तालाबन्दी गरेका छन् ।  वडा अध्यक्षले उपभोक्ता समिति

कमिसनको पोल खोलिने डरले पत्रकारलाइ चक्कु प्रहार

प्युठान । प्यूठानका एक जनप्रतिनिधिले चक्कु प्रहारबाट घाइते पत्रकार केन्द्र पिबीको उपचार भइरहेको छ । प्राथमिक उपचार पछि उनलाई वुटवलमा उपचार भइरहेको

सहकर्मी आक्रमण गर्ने जनप्रतिनिधिलाई क्रान्तिकारी पत्रकारले गरे कार्वाहीको माग 

अनलाइन तहल्का  असोज २९, काठमान्डौं ।      क्रान्तिकारी पत्रकार संगठन, नेपालले पत्रकार आक्रमण गर्ने जनप्रतिनिधिलाई कार्वाहीको माग गरेको छ ।