हुलाक दिवसका अवसरमा सल्यानमा कुर्सीदौड 

अनलाइन तहल्का 
असोज २३, सल्यान । 
सल्यानमा १ सय ४४ औ विश्व हुलाक दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन । दिवसका अवसरमा जिल्ला हुलाक कार्यालयले आन्तरिक तथा खुल्ला कुर्सी दौड प्रतियोगिता गरेको छ । आन्तरिक प्रतियोगितामा सुनिता चौधरी प्रथम, तिलक वहादुर रोका दोस्रो र कुलप्रसाद गिरी तृतिय भएका छन ।
यसैगरि खुल्ला कुर्सी दौडमा घमण्डवहादुर भण्डारी प्रथम, रामचन्द्र श्रेष्ट दोस्रो र सुमित्रा श्रेष्ठले तृतिय स्थान हाँसिल गरेका छन । प्रतियोगिता संगै कार्यक्रम पनि सम्पन्न भएको छ । 
कार्यक्रममा वोल्ने वक्ताहरुले हुलाक सेवालाई अहिलेको परिवेश सुहाउदो वनाउनु पर्नेमा जोड दिएका छन् । उनिहरुले हुलाक सेवामा जनताको विश्वास कायम रहेको ले अहिले पनि जनताको माग अनुसारको सेवा दिनु पर्ने आवश्यकता औल्याएका छन् । 
कार्यक्रममा वोल्ने वक्ताहरुले प्रविधिको विकासले मानिसको दैनिकीमा फेरवदल आएको छ । फेरिएको प्रविधिलाई आत्मासाथ गरि सेवा प्रवाहको काम गर्ने गरी अझै हुलाक सेवाको आवश्यकता भएको सहभागिहरुको भनाई थियो ।
कार्यक्रममा जिल्ला न्यायधिष मदनवहादुर धामीले  नागरिक र राज्य विचको सम्वन्ध पनि हुलाक सेवाले जोड्ने गरेको बताए । उनभने नयाँ प्रविधिको विकासलाई पनि ध्यान दिनु पर्दछ ।समय सापेक्ष हुलाक सेवालाई परिर्वतन गर्न आवश्यक छ ।
प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिल्ला हुलाकलाई स्थानीय स्तरमा सञ्चार क्षेत्रका सवै काम गर्ने गरि विकास गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले भने – पत्रपत्रिका, अनलाईन,  एफएम रेडियो, केवुल नेट वर्क लगायतका क्षेत्रका काम गर्ने विकास गरिनु पर्दछ ।
नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्माले परम्परागत रुपमा हुलाक सेवा सञ्चालन हुन नसक्ने बताए । उनले भने यो  प्रविधिले जनताको जीवन स्तरमा फेरवदल ल्याएको छ । प्रविधिलाई जनता संग जोड्ने यस तर्फ हुलाक सेवालाई जोड्नु पर्दछ ।
जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख धिरेन्द्र वहादुर भण्डारीले चिठी पत्र, पुलिन्दा आदि वस्तुहरु संकलन ,परिवहन का साथै अतिरिक्त हुलाक वचत वैक समेत सञ्चालन गरेको बताए । उनले भने हुलाकको समयानुकुल परिवर्तन तथा दिगोपनाको लागि आवश्यक पहल केन्द्रले गरिरहेको छ । अहिले हुलाक वस्तु सञ्चालनमा अनलाईन सेवा पनि सूचारु भएको छ ।
कार्यक्रमका अवसरमा उत्कृष्ट सञ्चार माध्यम रुपमा रेडियो शारदा सम्मान भएको छ ।  जिल्ला हुलाक कार्यालय अन्तरगत यहाँ ५५ जना कर्मचारी कार्यरत रहेका छन् ।
यसै गरि उत्कृष्ठ कार्य गरेका कर्मचारीलाई प्रसंसा पत्र सहित पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा गोविन्द हमाल, ईन्द्रवहादुर वली, खिमवहादुर डाँगी, वलदेव शर्मा,शोभाराम केसी, मातृका सुवेदी, मदनलाल केसी, र रुपा थापा रहेका छन ।
दिवशका अवसरमा हुलाक वचत वैकमा जम्मा भएको रकम सार्वजनिक गरेको छ । यहाँ २ हजार ३ सय ३१ जना ले खाता सञ्चालन गरेका छन् । वैकमा निक्षेप , सावा ब्याज गरि ८ करोड ६ लाख ६९ हजार ७० रुपैयाँ रहेको छ ।
यसै गरि आ.व २०७४÷०७५मा राजस्व संकलन १० लाख ९४ हजार भएको छ ।  जिल्ला हुलाक कार्यालयले टिकट विक्रि तथा चिठी पत्र रजिष्ट्री, लोक सेवा आयोग दस्तुर, पत्रपत्रिका ,एफएम रेडियो  दर्ता÷नविकरण र रोयल्टीवाट राजस्व संकलन भएको जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख धिरेन्द्रवहादुर भण्डारीले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

घरमा लुकाएको लागुऔषधसहित वृद्ध पक्राउ 

लहान । सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाइलबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित एक बृद्धलाई पक्राउ गरेको  छ। जिल्ला प्रहरी

राष्ट्रबैंकले ११ अर्ब भन्दा बढीका नयाँ नोट साट्यो

काठमाडौं । नेपाल राष्ट्रबैंकले दशैंलाई लक्षित गरी ११ अर्व ७९ करेडको नयाँ नोट सटही गरेको छ । राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले ५, १०, २०, ५० र १ सय

लाखौं घुससहित पक्राउ परे नगरपालिकाका प्रमुख सुवेदी 

अनलाइन तहल्का असोज २८, काठमाडौं ।  काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन् । आइतबार