जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई ज्ञानेश्वरको सहयोग

अनलाइन तहल्का
असोज २३, सल्यान ।
सल्यानका ७० जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुले पोसाक तथा नगद प्राप्त गरेका छन् ।
    बागचौर नगरपालिकाका विभिन्न वडाहरुमा रहेका विद्यालयका विद्यार्थीहरुलाई सोहि नगरपालिका निवासी ज्ञानेश्वर फाउन्डेसनका संचालक ज्ञानेश्वर केसीले पोसाक तथा नगत रुपैया सहयोग गरेका हुन् ।
 दशै तथा तिहारको अवसर पारेर सोमबार उनले नगरका वडा नम्बर ४, ५, ६, ७, ११ र १२ मा पर्ने सरस्वती मावि पेदिखोलाका १० जना, राष्ट्रिय आधारभूत बिद्यालयका ५ जना, सरस्वती आधारभूत बिद्यालयका ५ जना, शिशु जागरण आधारभूत बिद्यालयका ५ जना, बालकन्या माविका २५ जना, शिशु कल्याण माविका १० जना, दुर्गा सरस्वती माविका १० जना गरी जम्मा ७० जना विद्यार्थीहरुलाई स्थानीय जनप्रतिनिधिको समन्वयमा उक्त बिद्यालयमा पुगेर विद्यालय पोशाक र प्रति विद्यार्थी एक सय रुपैयाँ नगद वितरण गरिएको सो फाउन्डेसनले जनाएको छ ।
    फाउन्डेसनका संचालक ज्ञानेश्वर केसीले सेवा नै धर्म हो भन्ने उद्देश्यले विगत २५ बर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका छन । उनले यही उद्देश्यले आफ्नो ब्यक्तिगत लगानीमा पोसाक तथा नगद बितरण गरिएको बताए ।
    कुनै राजनीतिक आग्रह पूर्वाग्रह विना सामाजिक सेवामा तल्लिन भई काम गर्ने बताउदै केसीले On The sport मा नै सेवाको भावले विद्यालय स्थरमा यो कामको लागि तल्लीन भएको दावी गरेका छन्। यस बाहेक यि विद्यालयहरुमा प्रति कक्षा स्वच्छ फिल्टर वितरण गर्ने कार्यक्रमको योजना रहेको बताउदै उनले आफ्नो आम्दानीको केही अंश सामाजिक क्षेत्रमा लगानी गर्ने बताए ।

प्रतिकृया दिनुहोस

घरमा लुकाएको लागुऔषधसहित वृद्ध पक्राउ 

लहान । सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाइलबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित एक बृद्धलाई पक्राउ गरेको  छ। जिल्ला प्रहरी

राष्ट्रबैंकले ११ अर्ब भन्दा बढीका नयाँ नोट साट्यो

काठमाडौं । नेपाल राष्ट्रबैंकले दशैंलाई लक्षित गरी ११ अर्व ७९ करेडको नयाँ नोट सटही गरेको छ । राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले ५, १०, २०, ५० र १ सय

लाखौं घुससहित पक्राउ परे नगरपालिकाका प्रमुख सुवेदी 

अनलाइन तहल्का असोज २८, काठमाडौं ।  काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन् । आइतबार