दार्मामा पढाई मेला, मेलामा यस्ता सामान प्रदर्शनी, के भन्छन अध्यक्ष अरुण

अनलाइन तहल्का
असोज २२, सल्यान ।
सल्यान दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी (अरुण) ले शिक्षालाई कृषि र उत्पादनमुखी बनाउनुपर्ने बताएका छन् ।
दार्मा गाउपालिकाको फारुलाचौरमा रहेको जनज्योती माद्यामिक बिद्यालयको प्रांगणमा सोमबार आयोजित पढाई मेला तथा विद्यालय स्तरीय शैक्षिक सामाग्री प्रर्दशनी र लोक नृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै उनले अब दार्मा गाउँपालिकाको शिक्षालाई व्यवसायीक शिक्षामा जोडेर उत्पादनमुखि बानउने बताएका हुन् । 
उनले आफ्नो गाउँपालिकामा कृषिको धेरै संभावना भएकाले युवाहरुलाई कृषिमा आकर्षित हुन आग्रह गरेका छन् ।
दार्मा गाउँपालिकामा दुधको धेरै संभावना भएकाले किसानहरुलाई भैसि पालनमा आकर्षित गरि दुध उद्योग खोल्ने उनले बताए । अर्गानीक खेती गरेर दार्माको पहिचान झल्काउने उनको भनाई छ ।
उनले भने– “अहिले पनि शिक्षा पुरानो छ, अब यसलाई डिजिटल र प्राविधिक तर्फ लिनु पर्छ । शिक्षालाई व्यवहारीक बनाएर श्रम गरिखाने बनाउनु पर्छ ।” सरकारले मात्रै एक्लै गर्न नसक्ने भन्दै उनले जनताको पनि साथ हुनुपर्ने बताए । आफुहरुले जनतालाई बुझाउने र योजना बनाउने अनि जनताले आफुहरुलाई साथ दिनुपर्ने उनको भनाई छ ।
दार्मा गाउँपालिकाको शिक्षा क्षेत्रमा जम्मा पुजिगत बजेट ८९ लाख छुट्याएको उनले बताए । जसमा विद्याललयको शैक्षिक वातावरण सुधारमा मात्रै ३६ लाख छुट्याएको छ ।

प्रतिकृया दिनुहोस

खैरावाङ्ग मन्दिरमा नयाँ प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

अनलाइन तहल्का  मंसिर २७, सल्यान । सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले प्रदान गरे जग्गा

 अनलाइन तहल्का  मंसिर २२, सल्यान ।      सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ । शारदा नगरपालिका ३ मा

सल्यानमा जमानाकै याद दिलाउने गरि माैलिक नाच प्रदर्शन

अनलाइन तहल्का  मंसिर २२, सल्यान ।    सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ