किसान पेन्सन कार्यक्रमको कार्यविधि तयार, पाउने कहिले ?

अनलाइन तहल्का 
असोज २३, काठमान्डौं । 
    सरकारले योगदानमा आधारित ‘किसान पेन्सन’ कार्यक्रमको कार्यविधि तयार गरेको छ । राष्ट्रिय किसान आयोगले कार्यविधि तयार गरेको हो । 
पत्रकारसंग कुरा गर्दै, आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले किसानलाई परिचयपत्र वितरणपछि के कस्ता सुविधा प्राप्त गर्न सक्नेछन् भन्ने विषय कार्यविधिमा उल्लेख गरिएको जानकारी दिए । 
सरकारले वितरण गरेको परिचयपत्रका आधारमा किसानले पेन्सन पाउनेछन् । किसानले गरेको यागदानका आधारमा पेन्सनको रकम निर्धारण गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । 
उनका अनुसार आफ्नै वा अरुको जमिनमा खेतीकिसानी गर्दै आएकाहरूले यो सुविधा पाउनेछन् । २० वर्षदेखि खेतीकिसानी गरेको र ६० वर्ष पूरा भएकालाई पेन्सन दिने कार्यविधिले भनेको छ । सरकारले चाहेमा कम्तिमा पाँच महिनाभित्रमा यो कार्यक्रम लागु गर्न सकिने अध्यक्ष श्रेष्ठले दावी गरे । 
    यसैबीच चिनी उद्योगले पाँच दिनभित्र उखु किसानको रकम भुक्तानी नगरे पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउने चेतावनी सरकारले दिएको छ । विभिन्न मन्त्रालयका सचिवको हिजो सिंहदरवारमा बसेको बैठकले यस्तो चेतावनी दिएको हो । चाडबाड आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले ५ दिनभित्र चिनी मिललाई भुक्तानी गर्न निर्देशन दिएको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरेले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस

घरमा लुकाएको लागुऔषधसहित वृद्ध पक्राउ 

लहान । सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाइलबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित एक बृद्धलाई पक्राउ गरेको  छ। जिल्ला प्रहरी

राष्ट्रबैंकले ११ अर्ब भन्दा बढीका नयाँ नोट साट्यो

काठमाडौं । नेपाल राष्ट्रबैंकले दशैंलाई लक्षित गरी ११ अर्व ७९ करेडको नयाँ नोट सटही गरेको छ । राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले ५, १०, २०, ५० र १ सय

लाखौं घुससहित पक्राउ परे नगरपालिकाका प्रमुख सुवेदी 

अनलाइन तहल्का असोज २८, काठमाडौं ।  काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी घुससहित पक्राउ परेका छन् । आइतबार