नेकपामा माधव नेपाल समूहको यस्तो असन्तुष्टि 

अनलाइन तहल्का 
असोज २३, काठमान्डौं । 
    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र नेता माधव नेपाल समूहले व्यक्त गर्दै आएको असन्तुष्टि सचिवालयको बैठकबाट संवोधनको कोसिस गर्ने भएको छ । 
    नेपाल समूहको असन्तुष्टि र तल्लो तहसम्मै पार्टी एकीकरणको बारेमा छलफल गर्न सचिवालयको बैठक भोलि बस्दैछ । 
पत्रकारसँग कुरा गर्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठले नेता नेपालले राखेको असहमतिपत्र हिजोको बैठकमा पेस भएको र यस बारेमा भोलि छलफल गरिने जानकारी दिए ।
उनका अनुसार यसबारेमा सचिवालय बैठकमा कुनै निर्णय नभए स्थायी कमिटीको बैठकमा छलफल गर्ने तयारी नेकपाका शीर्ष नेताहरूले गरेका छन् । 
    स्थानीय र प्रदेशस्तरको जिम्मेवारी तोक्दा एकलौटी ढङ्गबाट गरिएको भन्दै नेता नेपालले सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएका छन ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षबीच देखिएको विवाद् मिलाउन नसक्दा सचिवालय बैठक पनि प्रभावित हुने गरेको छ ।
तल्ला कमिटीको एकीकरणको प्रक्रिया सुरु गर्नेबारे हिजोको बैठकमा सामान्य छलफल मात्रै भएको नेता श्रेष्ठले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

अध्यक्षले मनोमानी गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

डोटी – वडा अध्यक्षले मनोमानी गरेको भन्दै डोटीको शिखर नगरपालिका वडा नं–५ तिजालीमा स्थानीयले तालाबन्दी गरेका छन् ।  वडा अध्यक्षले उपभोक्ता समिति

कमिसनको पोल खोलिने डरले पत्रकारलाइ चक्कु प्रहार

प्युठान । प्यूठानका एक जनप्रतिनिधिले चक्कु प्रहारबाट घाइते पत्रकार केन्द्र पिबीको उपचार भइरहेको छ । प्राथमिक उपचार पछि उनलाई वुटवलमा उपचार भइरहेको

सहकर्मी आक्रमण गर्ने जनप्रतिनिधिलाई क्रान्तिकारी पत्रकारले गरे कार्वाहीको माग 

अनलाइन तहल्का  असोज २९, काठमान्डौं ।      क्रान्तिकारी पत्रकार संगठन, नेपालले पत्रकार आक्रमण गर्ने जनप्रतिनिधिलाई कार्वाहीको माग गरेको छ ।