कर्णालीमा लागानी गर्न आएका विदेशी दाता सल्यान आए, के भने त । ज्वाला र उनिहरु (भिडियो सहित)

अनलाइन तहल्का 
असोज २३, सल्यान । 
    कर्णालीको विकासका लागि प्रदेश सरकारको प्राथमिकताका योजनामा लगानी गर्न दाताहरु सकारात्मक देखिएपछि प्रदेश सरकारले सल्यानको कालिमाटीलाई छानेको छ । मंगलबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा लगानीकर्ताहरु सल्यान आएका हुन । 
    सोमवार सम्पन्न कर्णाली प्रदेश सरकार र वहुपक्षीय विकास साझेदारहरुको वैठकमा सहभागि भएका लगानिकर्ता पहिलोपटक भोलिपल्ट अर्थात मंगलबार नै सल्यान आएका हुन । उनिहरुलाई सल्यानको कालिमाटीमा स्वागत गरिएको छ । 
    आज भएको कार्यक्रममा मन्त्री ज्वालाले नेपालमा रहेका मित्रराष्ट्रका विकास साझेदार संस्थाहरुको बैठकले कर्णालीको विकासका लागि अन्तराष्ट्रिय लगानी जुटाउन मार्गप्रशस्त गरेको मन्त्री ज्वालाले बताए । ज्वालाले भने– “प्रदेश सरकार र साझेदार संस्थाहरुको प्राविधिक जनशक्ति रहने गरि विज्ञ वैंक स्थापना गर्ने सहमति भएको छ, विज्ञ वैंकले कर्णाली प्रदेश सरकारको परियोजना वैंक तयार गर्ने र प्राथमिकताका आधारमा विकास कार्यलाई अगाडि वढाईने छ ।”
कर्णालीको वहुआयामिक विकासका लागि कर्णाली प्रदेश सरकारले विकास साझेदार संस्थाहरु डिएफआईडी, विश्व वैंक, युरोपीएन युनियन, युएनडिपिसंग संयुक्त रुपमा बैठक गरेको थियो । बैठकमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशको वस्तुगत अवस्था, प्रदेश सरकारको नीति तथा कार्यक्रम र विकासका प्राथमिकताका क्षेत्रहरुको बारेमा दाताहरुलाई स्पष्ट पारेपछि उनिहरु सल्यान आएका हुन । 

प्रकाश ज्वालाले कालिमाटीमा बोलेको भिडियो


साझेदार संस्थाहरुसंग प्रदेश सरकारको तर्फबाट आवश्यक सम्पर्क तथा समन्वयका लागि मन्त्री प्रकाश ज्वालालाई सम्पर्क व्यक्ति तोकिएपछि ज्वालाले उनिहरुलाई सल्यान ल्याएका हुन । पहिलो चरणमा कर्णालीका १ नगर र १ गाउपालिकालाई सहयोगका लागि छानिएपछि सल्यानको कालिमाटी गाउँपालिका र सुर्खेतको नगरपालिकालाई प्रदेश सरकारले प्राथामिकतामा राखेको छ । 
कार्यक्रममा साझेदार संस्थाहरुको तर्फबाट यूरोपियन यूनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डिएफआईडीका रुरिक मार्सडेन लगायत स्थानियको पनि सहभागीता रहेको थियो ।

सहयोगी दाताको तर्फबाट

प्रतिकृया दिनुहोस

संसदका कर्मचारी भत्ता नपाएकाले आन्दोलित हुदै 

अनलाइन तहल्का  मंसिर २७, काठमान्डौं ।     गएको साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलित भएका छन् ।      चालु आर्थिक

आगलागी-पीडितलाई विप्लव माओवादीको ७५ हजार सहयोग

मंसिर २४, रुकुम . विप्लव नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले देशका विभिन्न ठाउँमा चन्दा आतंक मच्चाएर व्यापारीहरूलाई दुख दिएको बेलाबेला चर्चा

वित्तिय संस्थाद्वारा वाख्रापालन तालीम प्रदान, मृतक विमित परिवारले पाए १ लाख ३८ हजार

दुर्गा वि.सी., अनलाइन तहल्का  मंसिर २०, सल्यान ।  निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीवजारले सल्यान र सुर्खेतका महिलाई संयुक्त रुपमा