दसै र तिहारको उपलक्ष्यमा सल्यान कांग्रेसको शुभकामना आदानप्रदान, नेता कार्यकर्ताहरु गम्भीर हुनुपर्ने जोड

नवीन पौडेल, अनलाइन तहल्का
असोज २३, सल्यान ।
नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु पार्टीका गतिविधिहरुमा गम्भीर भएर लाग्नु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । उनीहरुले पार्टीका गतिबिधीहरुमा नेता कार्यकर्ता हरु गम्भीर भएर पार्टीका निति निर्देशन तथा कृयाकलापहरुमा लाग्नुपर्ने बिचार व्यक्त गरेका छन ।
नेपाली कांग्रेस शारदा नगरकार्य समिती सल्यानले मंगलबार बिजयादशामी तथा शुभ दिपावलिको अबसरमा सदरमुकाम खलंगामा आयोजना गरेको चियापान कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । उनीहरुले स्थानिय तहमा आफ्नो पार्टीबाट जितेका जनप्रतिनिधिहरुलाइ काम गर्ने वातावरण मिलाउन आम कार्यकर्ताहरु लाई आग्रह समेत गरेका छ्न ।
उनिहरुले जनप्रतिहरुले कहि कतै पार्टी लाई बेवास्ता गरि पार्टी नै आफैले चलाउन खोजेको गुनासो बढेकाले पार्टीको सर सल्लाहमा काम गर्नुपर्नेमा जोड दिएका हुन।
नगर सभापती सचेत शाह (सच्चुको) अध्यक्षतामा सम्पन्न चियापान कार्यक्रम बोल्दै बक्ताहरुले सभापती गनेश चन्दलाई सहज रुपमा काम गर्न दिन सम्पुर्न नेता कार्यकर्ताहरुलाइ आग्रह गरेका छन।
उनिहरुले गएको असोज १५ गते जिल्ला कार्य समितीमा मनोनीत भएका पदाधिकारी तथा सदस्य हरुको मनोनीतले कोहि पनि नआतिन आग्रह गरेका छ्न।
सामाजिक सन्जाल तथा सार्बजनिक ठाँउहरुमा पार्टीका नेता तथा कार्यकर्ता हरु बाट पार्टीका विरुद्ध नकारात्मक टीका टिप्पणी हुने गरेको प्रति कार्यक्रमका सहभागी हरुले चिन्ता बेक्त गरेका थिए ।
पार्टी सभापति गनेश चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्ब शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाह, महासमिति सदस्य तथा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिस्ट, महासमिति सदस्य तुलसिराम बस्नेत, महाधिवेशन प्रतिनिधि प्रेम डाँगी, क्षेत्र नम्बर २ का सभापति तथा छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसि, महिला सघं केन्द्रिय सदस्य पद्मा शाह, सन्तोष सेन वलि, सीता केसि, वीर बहादुर सेजवाल, रबिन बिस्ट कुमार बुढाथोकी, रोहवर सिङ बिस्ट, सबिन हमाल लगाएतकाले बोलेका थिए । कार्यक्रमको संचालन यादब उपाध्यायले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

शसक्त रूपमा अघि बढदै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस

नन्दराम खड्का ,अनलाइन तहल्का रोल्पा २८, मंसिर  स्थानीय सरकारको गतिविधि प्रति असन्तुष्ट हुँदै प्रमुख प्रतीपक्ष दल नेपाली काङ्ग्रेसले रुन्टिगढि

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा