छक्का पञ्जा ३’ अाज नेपालभर प्रदर्सन

अनलाईन तहल्का ,असाेज २४

 काठमान्डौ

वर्षमा सय बढी फिल्म रिलिज हुन्छन् तर, निकै कम फिल्मको दर्शकमा व्यग्रताका साथ प्रतिक्षा हुने गर्दछ । अचेल अनमोल केसीको फिल्म कि ‘छक्का पञ्जा’ सिरिजको ब्यग्रतापूर्वक प्रतिक्षा हुने गरेको छ । अन्ततः दशैंको छेको पारेर घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको छ वर्षको बहु(प्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३ ।यो फिल्मको दुई श्रृंखलाले बक्सअफिसमा सर्वा्धिक कलेक्सनको रेकर्ड बनाएको थियो । पहिलो सिरिजले नेपाली फिल्म इतिहासमै सर्वा्धिक कलेक्सन गर्दै १६ करोडको रेकर्ड बनाएको थियो भने दोस्रो सिरिजले प्रदर्शनको दश दिनमा १० करोडको कलेक्सन गरेको थियो । अब तेस्रोले कति गर्छ ? यसको केही दिन प्रतिक्षा गर्नुपर्ने हुन्छ ।‘छक्का पञ्जा ३’ लाई आफ्नै अघिल्ला दुई फिल्मको कलेक्सन रेकर्ड ब्रेक गर्नुपर्ने चुनौती छ । सर्वा्धिक हलमा प्रदर्शनमा आएको यो फिल्मले मल्टिप्लेक्स हलमा अत्याधिक सोज पाएको छ । सबैभन्दा ठूलो क्युएफएक्स च्यानलमा मात्र फिल्मले ३० सोज हात पारेको छ । अन्य हलमा पनि सोज संख्या उच्च छ ।

 

सोमबार साँझ खुल्ला गरिएको बुकिङमा नै फिल्मको टिकट सर्वा्धिक बिक्री भएको छ । क्युएफएक्सका प्रायः सोज करीब(करीब सोल्डआउटको नजिक छन् । आक्रामक बुकिङ र सर्वा्धिक हल पाएका कारण फिल्मको इनिसियल बक्सअफिस बम्पर हुने पक्का छ । पहिलो दिनको कलेक्सन करोडमाथि हुने अनुमान गरिएको छ ।फिल्मको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिन सक्नेछ । सम्भवतः यो वर्ष कमजोर देखिएको फिल्मी बजारलाई ‘छक्का पञ्जा ३’ ले चलायमान बनाउने छ । तेस्रो पटक दीपाश्री निरौलाले फिल्म निर्देशन गरेकी हुन् ।पाँचदिने विकेन्ड पाएको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउतलगायतको अभिनय रहेको छ । फिल्ममा यसपटक गम्भीर विषयवस्तु उठाइएको निर्माण टिमको भनाई छ ।

प्रतिकृया दिनुहोस

मासु खाएपछि आधा घन्टा श्रम गर्नु डाक्टरको सुझाव

काठमाडौं । दशैंमा माछा(मासुबाट बन्ने परिकारको अत्यधिक खपत हुन्छ । सप्तमीदेखि मासु खान सुरु हुन्छ र यो क्रम दशैंभरी चल्छ । तर, दशैंमा मासु सेवन गर्दा

जान्नुहोस् अकबरे खुर्सानीका अचुक फाइदा 

काठमाडौ । कसैलाई भान्सामा खुर्सानी नभई भाग नै रुच्देन । यसैले जहिलै खुर्सानी किन्न बजार जाने गर्दछन् । तपाईपनि खुर्सानी किन्न जानुहुन्छ भने याद

ध्यान दिऔ पानीपुरी खाँदा ४३  बिरामी बने, पानीपुरी कस्तो थियो त

सुर्खेत ( सुर्खेतको भेरीगंगा नगरपालिकामा पानीपुरी खाँदा ४३ जना बिरामी परेका छन् । बिरामी परेकामध्ये १० जनाको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ