आज अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस, रेडियो तहल्कामा बेलुकाको आजको बहसमा ३ किशोरी सहभागि हुने 

अनलाइन तहल्का
असोज २५, सल्यान । आज अक्टोबर ११, अन्तर्रा्ष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।
सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर नेपालमा आज देशैभरीका सामूदायिक रेडियोमा किशोरीहरुले बहस गर्दैछन् । देशभरीका ३ सय सामूदायिक रेडियोमा ९०० जना किशोरीले आफ्नै सवालमा बहस गर्ने भएका हुन् । 
किशोरीले आफंैले नेतृत्व गर्दै सामूदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराउनेछन् ।
३ सय किशोरी आज एकदिन रेडियो प्रस्तोताको भूमिकामा रहनेछन् भने प्रत्येक सामुदायिक रेडियोमा २ जना ‘किशोरी अभियन्ता’ कार्यक्रमको अतिथीको रुपमा बहसमा सहभागी हुनेछन् । 
आज बेलुका सवा ६ बजे रेडियो तहल्कामा किशोरीहरुले विशेष बहस गर्दैछन् । दार्मा ६ को ज्ञानज्योती बाल क्लवकी अध्यक्ष मिना खड्काले कार्यक्रम चलाउनेछिन । त्यस्तै एमएम एकेडेमीमा कक्षा ७ मा अध्ययनरत बाल क्वलकी कोषाध्यक्ष अत्रेना केसी र सल्यानी युवा संजालकी सदस्य पुस्पा बोहराले छलफलमा भाग लिनेछन । 
सामुदायिक रेडियोको अगुवाईमा जिल्लाका किशोरी अभियन्ताहरुलाई आमन्त्रण गरि किशोरीहरुबाटै रेडियो कार्यक्रम सञ्चालन हुनेछ ।
कतिपय रेडियोमा बिहानै कार्यक्रम भएका छन् भने कतिपयमा अहिले भइरहेको छ । समुदायमा बालबालिकाको हक हित एवं संरक्षण तथा बालिका एवं किशोरीहरुको जीवन परिवर्तन गर्न आफ्ना तवरबाट भूमिका निर्वाह गर्दै आएका किशोरीहरुले प्राप्त गरेका सफलता एवं सिकाइबारे आदान प्रदान गर्ने र विभिन्न निकायहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारे कार्यक्रममा छलफल हुनेछ । 
बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा देशभरका ३ सय रेडियो मार्फत् यो ‘गल्र्स टेकओभर’ भइरहेको छ ।  
किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर उनीहरुको समस्या र मुद्धाबारे सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य हो ।
गत वर्षको टेकओभरमा सहभागी भएका झण्डै ४० जना किशोरी अहिले विभिन्न रेडियो स्टेशनमा नियमित रुपमा कार्यक्रम प्रस्तोता भई काम गरिरहेका छन् ।
 

प्रतिकृया दिनुहोस

खैरावाङ्ग मन्दिरमा नयाँ प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

अनलाइन तहल्का  मंसिर २७, सल्यान । सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले प्रदान गरे जग्गा

 अनलाइन तहल्का  मंसिर २२, सल्यान ।      सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ । शारदा नगरपालिका ३ मा

सल्यानमा जमानाकै याद दिलाउने गरि माैलिक नाच प्रदर्शन

अनलाइन तहल्का  मंसिर २२, सल्यान ।    सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ