जुम्लामा प्रहरीको ‘विशेष सुरक्षा योजना’ सञ्चालन

अनलाइन तहल्का
अशोज २५ गते, जुम्ला ।
 जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको छ ।

नेपालीको महान् पर्व विजयादशमी तथा तिहारलाई लक्षित गरी प्रहरीले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलगायत यहाँका सबै जिल्लाका बस्ती तथा टोलमा आपराधिक घटना नघटुन् भन्ने उद्देश्यले यो योजना सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

‘विशेष सुरक्षा योजना’अन्तर्गत हामीले नेपालगञ्जलगायत बाहिरी जिल्लाबाट सुर्खेत भित्रिने हरेक सवारीसाधनलाई कडा जाँच गरेका छौँ”, प्रवक्ता चौधरीले भने“यसमा तालीम प्राप्त कुकुरले सुँघेर गरिने अवैध मालसमान जाँच निकै प्रभावकारी बनेको छ ।”

प्रहरीले काठमाडौँ, नेपालगञ्जबाट प्रवेश गर्ने प्रवेशद्वार सुर्खेतको सुब्बाकुनामा जाँच प्रक्रियालाई तीव्र बनाएको छ भने जिल्लाभित्रसमेत मदिरा तथा जुवातास नियन्त्रण, गाँजा फँडानी, घरेलु मदिरा बरामद तथा नष्ट गर्दै आएको छ । त्यसको साथै प्रहरीले अहिलेसम्म सरकारी तथा सामुदायिक विद्यालय, बस्ती, समुदाय, टोलटोलमा सचेतनामूलक कार्यक्रम गर्दै आएको प्रवक्ता चौधरीले बताए ।

“चाडबाडसम्बन्धी सुरक्षा व्यवस्थालाई मजबुत बनाएका छौँ”, उनले भने “सवारी दुर्घटना न्यूनीकरण गर्न, घरेलु हिंसा, लागुऔषध, अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण, मानव बेचबिखन, बाल तथा महिला हिंसा र साइबर अपराधसम्बन्धी जनचेतनामूलक तथा अन्तक्र्रिया कार्यक्रमलाई पनि अभियानमा रुपमा अघि बढाइएको छ ।”

यसका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाका २६ वटै प्रहरी एकाइलाई आआफ्नो वडा एरियामा नागरिकका लागि शान्ति सुरक्षा महसुस गर्ने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको जनाइएको छ । रासस
 

प्रतिकृया दिनुहोस

रोबोट वेश्यालय खुल्यो, यस्ता काममा खप्पिस छन् ती रोवोट

मस्को । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुले को छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको छ  । यो रुसको पहिलो यस्तो वेश्यालय हो जहाँ

जानिराखौं, कुन राशि भएका व्यक्तिको यौन व्यवहार कस्तो त ।

एजेन्सी । धेरै मानिसहरुको यौन व्यवहार फरक फरक हुन्छ । यौन व्यवहारलाई फरक देखाउनुमा राशिको पनि केही भूमिका रहन्छ। राशिअनुसार कस्को यौन व्यवहार कस्तो

असल बुहारी बन्न मन छ, उपनाउनुहोस् यी तरिका

विवाह गरिसकेपछि श्रीमानको परिवारसँग राम्रो सम्बन्ध बनाउनु सबैभन्दा चुनौतीपूर्ण हुने गर्दछ। यद्यपी यो चुनौती श्रीमान् र श्रीमती दुबैको लागि हुने