ढिस्कोमा पुरिएर चार बालिका घाइते, एकको अवस्था गम्भीर

अनलाईन तहल्का 
अशोज २५ गते, महोत्तरी ।
 महोत्तरी जिल्लाको औरही नगरपालिकामा आज ढिस्कोमा पुरिएर चार बालिका घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा औरही नगरपालिका–३ श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव र ८ वर्षीया छोरी वसन्ती यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

दशैँको बेला घर लिपपोत गरेर झकीझकाउ बनाउनुपर्ने भन्दै आज बिहान १० बजेतिर गाउँमै रहेको नदीको किनारमा माटो ल्याउन गएका चारै जना बालिका माटोकै ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइतेमध्ये विनोद साहकी १० वर्षीया छोरीको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ भने अन्य तीन जना बालिकाको उपचार गाउँकै एक निजी क्लिनिकमा भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

 नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायो

मंसिर १७ सल्यान । नेपाली कांग्रेसको प्रमुख भात्री सस्था नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायको छ। निर्मला

१६ दिन मात्रै भाषण गरेर हिंसा न्युनिकरण हुन नसक्ने ३६५ दीन नै प्रतिबद्ध भयर लाग्नुपर्ने

मिना खड्का मसींर १६ सल्यान । आज सल्यानर्मा महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्टिय दिवस सल्यानको खलंगामा मनाइएको छ । जील्ला समन्वय प्रमुख केश

 छोरीको हत्यारा पक्राउ नगरेसम्म मलाई शान्ति मिल्दैन सरकारलाई भन्दिनुहोला,

 श्रीमान यज्ञराज पन्तको उपचारका लागि काठमाडौ आएकी निर्मला पन्तकी आमा दुर्गा पन्तले निर्मलाको बलात्कारपछि हत्यामा संलग्नलाई कार्बाही नगरेसम्म