घाँस काट्दै गर्दा चिप्लिएर दुईको मृत्यु

 

अनलाईन तहल्का

अशोज २५ गते, जाजरकोट ।

बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिनुभयो । स्थानीयवासी जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उहाँको पनि आज बिहान मृत्यु भएको हो । रासस

प्रतिकृया दिनुहोस

दलित विकास समाज सल्यानको सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न 

मिना खड्का,अनलाइन तहल्का मंसिर २७ सल्यान   आज सल्यानको खलंगामा खानेपानी सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ ।

दाङमा ६ जनाको ज्यान जानेगरी दुर्घटना, जन्ती र यात्रुका बस ठोकिए

अनलाइन तहल्का मङ्सिर २७, दाङ । बेहुलि लिई फर्किदै गरेको स्कारपियो र यात्रु यात्रुवाहक वस ठोक्किदा ६ जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् ।

वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

अनलाइन तहल्का  मंसिर २७, काठमान्डु ।      संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।