ओली समूहको यो सिग्नल पाएपछि ब्याक भए वामदेव

अनलाइन तहल्का 
असोज २५, काठमाडौं । डोल्पाबाट चुनाव लड्ने भनेका नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता वामदेव गौतमलाई काठमाडौंबाट पनि ब्रेक लागेको छ । काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने तयारी गरेकै बेला गौतमलाई भोट नहाल्ने मतदाताको चेतावनीपछि नेकपाभित्र चर्को बहस चलेपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले उक्त कदम चालेका हुन् ।
गत सोमबार बसेको नेकपाको बैठकमा वामदेवले चुनाव लड्ने चर्चा चुलिएपछि पार्टी्भित्रै असन्तुष्टी बढेर गएको हो । रामवीर मानन्धरले राजीनामा दिएपछि उनका मतदाता वामदेवलाई भोट नहाल्ने निष्र्कषमा पुगेका छन् ।
अध्यक्षद्वयसँग वामदेवले चुनाव हार्ने आँकडा पुगेपछि नेकपाले आफ्ना खुट्टामा आफैं बञ्चरो हान्ने नीतिबाट ब्याक भएको छ । तत्कालिन एमालेको जनवर्गीय संगठनले वामदेवले चुनाव हार्ने तथ्यांक अध्यक्षसामु पुर्याएपछि पार्टीले उक्त रिक्स नलिने भएको छ ।
बालुवाटारमा नेकपा काठमाडौंबाट नेताहरुले तथ्यसहितको रिपोर्ट बुझाएपछि वामदेवलाई चुनावमा उठाउने कुराबाट पार्टी ब्याक भएको हो । यो सँगै गौतमको संसद छिर्ने सपना अधुरै जस्तो भएको छ । सरकारप्रति जनताको विश्वास घट्दै गइरहेका बेला वामदेवजस्तो विादास्पद व्यक्तिलाई निर्वाचनमा उठाउनु आफ्नै लागि घातक हुने रिपोर्ट नेकपाकै नेताहरुले बुझाइसकेका छन् ।
काठमाडौं–७ का दुई जना प्रदेश सांसदले पेश गरेको रिपोर्टमा मानन्धरको राजीनामाले उक्त क्षेत्रका मतदाता रुष्ट रहेकाले गलत कदम नचालन सुझाव दिइएको छ ।
उनीहरुले अर्का अध्यक्ष प्रचण्डलाई सोही रिपोर्ट पेश गरेका छन् । बर्दियावबाट त हारेका उनले काठमाडौंबाट जित्न फलामको चिउरा चापएजस्तै हुने नेकपा नेताहरुको बुझाइ छ । काठमाण्डुबाट चुनाव लड्नु गौतमको लिँडेढिपी मात्रै भएको स्वयः नेकपाकै नेताहरु स्वीकार गर्छन् ।
नेकपाका काठमाडौं– ७ बाट प्रदेशसभा निर्वा्चित सांसदहरु बसन्त मानन्धर र प्रकाश श्रेष्ठले अहिलेको अवस्थामा रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेव उठे पराजित हुने रिपोर्ट पेस गरेपछि प्रचण्डसमेत झस्किएका छन् ।
सांसद मानन्धरले पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा स्वीकृत गर्ने प्रस्ताव बुझाएका थिए । गत सोमबार बसेको सचिवालयको बैठकमा महासचिव विष्णु पौडेलले उनको प्रस्ताव पढेर सुनाएका थिए । यो प्रस्ताव सुनेपछि रक्षामन्त्री ईश्वर पोखरेल, नेता भीम रावललगयातका नेताहरुले आपत्ति जनाइरहेका छन् । प्रचण्डको प्रस्तावमा सचिवालय बैठकमा इश्वर पोखरेलले विरोध गरेका थिए । पत्र पढिसकेपछि पोखरेलले विरोध स्वरुप भने, ‘यो गलत हुन्छ, नगरौं ।’
नेकपाका महासचिव विष्णु पौडेलले वामदेवलाई उपनिर्वाचन नलड्न सुझाव दिएका छन् । उनले एकपटक हारिसकेको व्यक्ति जताबाट उठेपनि हार्ने नै भएकाले त्यो गल्ती नदोहोर्याउन आग्रह गरेका छन् । उनले भने , ‘अब चाहीँ उहाँलाई काठमाडौं ७ मा मात्रै होइन, यो प्रतिनिधिसभाको उपनिर्वाचनमा नै नलड्नु उचित हुन्छ भन्ने लागेको छ मलाई । मैले चाहिँ उहाँलाई काठमाडौं ७ मा नजानुस् भनिसकेको छु ।’
स्रोतका अनुसार मानन्धरले राजीनामा दिनेबारे शुरूमा प्रचण्ड र गौतमसँग सल्लाह गरेका थिए । राजीनामाबारे ओलीलाई थाहा पत्तो थिएन् । शुरूमा ओली निकट मानिएका सांसद् मानन्धरले आफुलाई केहि जानकारी नदिइ सिधै प्रचण्डको गएको भन्दै ओली रूष्ट थिए । राजीनामा दिनेबारे प्रचण्ड र गौतमबाहेक नेकपा अन्य नेताहरू बेखबर थिए । तत्कालिन एमाले एक नेतालाई काठमाडौं(७ बाट उठाएर आफुलाई हराउने सुचना पाएलगत्तै गौतम चुनाव उठ्न ब्याक भएको उनी निकट एक नेताले बताए ।
 

प्रतिकृया दिनुहोस

अध्यक्षले मनोमानी गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

डोटी – वडा अध्यक्षले मनोमानी गरेको भन्दै डोटीको शिखर नगरपालिका वडा नं–५ तिजालीमा स्थानीयले तालाबन्दी गरेका छन् ।  वडा अध्यक्षले उपभोक्ता समिति

कमिसनको पोल खोलिने डरले पत्रकारलाइ चक्कु प्रहार

प्युठान । प्यूठानका एक जनप्रतिनिधिले चक्कु प्रहारबाट घाइते पत्रकार केन्द्र पिबीको उपचार भइरहेको छ । प्राथमिक उपचार पछि उनलाई वुटवलमा उपचार भइरहेको

सहकर्मी आक्रमण गर्ने जनप्रतिनिधिलाई क्रान्तिकारी पत्रकारले गरे कार्वाहीको माग 

अनलाइन तहल्का  असोज २९, काठमान्डौं ।      क्रान्तिकारी पत्रकार संगठन, नेपालले पत्रकार आक्रमण गर्ने जनप्रतिनिधिलाई कार्वाहीको माग गरेको छ ।