मन्त्रीविरुद्ध यौन हिंसाको आरोप

नयाँ दिल्ली । भारतमा लोकप्रिय बनेको महिला हिंसाविरुद्धको ‘मि टू’ अभियानबाट चर्चित सेलिब्रिटी तथा मन्त्री समेत आरोपितको रुपमा तानिन थालेका छन् ।
नरेन्द्र मोदी नेतृत्वको सरकारमा विदेश राज्यमन्त्री रहेका पूर्व पत्रकार एम जे अकबरल हालै यौन हिंसा गरेको खुलासा भएको छ । एसियन एज पत्रिकाको पूर्वसम्पादक अकबरमाथि उनकै तत्कालिन सहकर्मीले आरोप लगाएकी हुन् ।
अकबरले आफूलाई शोषण गरेको प्रसस्त प्रमाण सहित पत्रकार घजाला वाहाबले यस्तो खुलासा गरेकी हुन् । घजाला एक सफल पत्रकार हुन् । फोर्स म्यागजिनमा कार्यकारी सम्पादक रहेकी उनले जागिर आवेदनको बेलादेखि नै अकबरले हिंसा गरेको खुलाएकी छन् ।
तर यसबारे अकबर मन्त्री रहेको सरकार र प्रधानमन्त्री मोदीले समेत कुनै प्रतिक्रिया दिएका छैनन् । अकबर पनि यसबारे मौन छन् । त्यसो त पत्रकार घजालाको खुलासापछि मन्त्री अकबरविरुद्ध अन्य महिला पत्रकारले समेत यौन हिंसा गरेको आरोप लगाउन थालेका छन् । कलाकार नाना पाटेकर लगायत केही प्रभावशाली फिल्म निर्माता र निर्देशक विरुद्ध यसअघि नै हिंसाको आरोप लागिसकेको छ । एजेन्सी
 

प्रतिकृया दिनुहोस

दलित विकास समाज सल्यानको सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न 

मिना खड्का,अनलाइन तहल्का मंसिर २७ सल्यान   आज सल्यानको खलंगामा खानेपानी सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ ।

दाङमा ६ जनाको ज्यान जानेगरी दुर्घटना, जन्ती र यात्रुका बस ठोकिए

अनलाइन तहल्का मङ्सिर २७, दाङ । बेहुलि लिई फर्किदै गरेको स्कारपियो र यात्रु यात्रुवाहक वस ठोक्किदा ६ जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् ।

वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

अनलाइन तहल्का  मंसिर २७, काठमान्डु ।      संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।