रेडियो तहल्कामा गल्र्स टेकओभर यस्तो भयो (भिडियो सहित)

अमृत बुढाथोकी, अनलाइन तहल्का 
असोज २५, सल्यान । 
आज अक्टोबर ११ अन्तर्रा्िष्ट्रय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर नेपालमा आज देशैभरीका सामुदायिक रेडियोमा किशोरीहरुले बहस गरेका छन ।. देशभरीका ३ सय सामुदायिक रेडियोमा  जना किशोरीले आफ्नै सवालमा बहस गरेका हुन । 
किशोरीले आफंैले नेतृत्व गर्दै सामुदायिक रेडियोमा बहसमुलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनिकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराउनेछन् ।
३ सय किशोरी आज एकदिन रेडियो प्रस्तोताको भुमिकामा रहे । सल्यानमा  रहेको रेडियो तहल्कामा प्रस्तोताको रुपमा  दार्मा ३ मा रहेको ज्ञानज्याती बाल क्वलकी अध्यक्ष मिना खड्काले भुमिका खेलिन । अन्तरवार्तामा एमएम एकेडेमी कक्षा ७ मा अध्ययनरत १२ बर्षियासल्यान खलंगाकी अप्रेना केसी र सल्यान शिवजन माविमा कक्षा १० मा अध्ययनरत १४ बर्षिया बन्दना वि.क. सहभागि भएका छन ।
 उनिहरुको भिडियो यस्तो छ । 
बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र सीआईएनको संयोजनमा रेडियो तहल्का मार्फत् यो ‘गल्र्स टेकओभर’ भएको हो । .  

 

प्रतिकृया दिनुहोस

खैरावाङ्ग मन्दिरमा नयाँ प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

अनलाइन तहल्का  मंसिर २७, सल्यान । सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले प्रदान गरे जग्गा

 अनलाइन तहल्का  मंसिर २२, सल्यान ।      सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ । शारदा नगरपालिका ३ मा

सल्यानमा जमानाकै याद दिलाउने गरि माैलिक नाच प्रदर्शन

अनलाइन तहल्का  मंसिर २२, सल्यान ।    सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ