लाखौँ ठगेर दम्पती फरार

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले रु एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।
छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन् । कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताउनुभयो । सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन् । सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई रु ३० लाख दिएको छ ।
“सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई/चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्,” पडित तिमिल्सिनाले भन्नुभयो । केही समय अघि घर बिक्री गर्नुभएका उहाँले कुनै प्रमाण नराखी रकम दिनुभएको छ । यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतीलाई रु २५ लाख दिनुभएको छ । यस्तै अन्यको रु ५० हजारदेखि रु १० लाखसम्म रकम लिएर सापकोटा सम्पती फरार भएका छन् ।
सापकोटा दम्पतीले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित सुना चापागार्इंले भने । उहाँले सापकोटा दम्पतीलाई रु ३० लाख दिएको बताउनुभयो । सापकोटा दम्पतीले कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पती विरुद्ध जाहेरी नलिएको बताए ।

प्रतिकृया दिनुहोस

३० वर्षदेखि तुइन तान्दातान्दै बांगिए औँला तर अझै उस्तै तुइन

धादिङ – धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका

बच्चा डोकोमा राखेर आमाले फालेपछि

संखुवासभा — खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या

नेकपाको नाममा दईवटा पार्टी कसरी दर्ता भयो ? भन्छ सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ ।