फेदीखोला र रिठ्ठेभिरमा बस दुर्घटना, ३ जनाको मृत्यु

अनलाइन तहल्का 
असोज २६, काठमान्डौं । 
नुवाकोटको समुन्द्रटारबाट त्रिशूलीतर्फ आइरहेको बस सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृतकमध्ये एक महिला र एक वृद्ध रहेका छन् । उनीहरुको शव पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।
बा १ ख ६३५६ नंको बस दुर्घटनामा हुँदा बसमा सवार यात्रीमध्ये १५ भन्दाबढी घाइते भएका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । बाँकी घाइतेलाई जिल्ला अस्पताल त्रिशूली पठाइएको छ ।
गणेशस्थानको छेरी खोलामा आइपुग्दा बस अनियन्त्रित भएर १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसमा ५० भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ ।
त्यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मा रिठ्ठेभीरबाट ना ६ ख ९१२ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ ।
सिन्धुलीको मरिन गाउँपािलकाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा घाइते भएका ७ जना घाइतेको उद्दार गरि सिन्धुलीको सदरमुकाम लगिएको छ ।
उद्दारका लागि प्रहरी र स्थानीय खटिएका छन् । बसमा कति यात्रु सवार थिए भन्नेबारे थप विवरण आउन बाँकी छ ।
 

प्रतिकृया दिनुहोस

घर निर्माणमा जापानी विद्यार्थीद्वारा श्रमदान

अनलाइन तहल्का झापाको गौरीगञ्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् ।

गाउँपालिकाले सिफारिस नदिँदा शिक्षाबाट वञ्चित

अनलाइन तहल्का झापाको कचनकवल गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा विभेद गर्न थालेको छ। गाउँपालिकाले प्राविधिक

६५ वर्षीय हजुरबुवाबाट पाँच वर्षिय बालिका बलात्कृत

अनलाइन तहल्का   अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिकामा आफ्नै हजुरबुवाबाट ५ वर्षीय नातिनी बलात्कृत भएकि छिन् ।  शुक्रबार डिभर्ना अमिले