वामदेवका कारण पार्टीमा लफडा देखिएको कुरा खोले प्रचण्डले

अनलाइन तहल्का 
असोज २६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपनिर्वाचनको लफडामा नलाग्ने बताएका छन् । काठमाडौं– ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चतर्फी आलोचना भएपछि गौतम पछि हटेका छन् ।
शुक्रबार राजधानीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले त्यसको पुष्टि गरे । विकास निर्माण छाडेर यो दलफडामा नलाग्ने भन्दै उनले भने, ‘हिजो स्वयंम वामदेवले म लड्दिनँ भन्नुभयो, सिद्धियो कुरा ।’ प्रचण्डले सरकारको खुलेर प्रशंसा गरे । ६ महिनाको अवधिमा नै सरकारले विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए ।
१०÷११ वर्षदेखि विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हटाउने, डुवान समस्या हल गर्ने सहमति भएको भन्दै उनले भने, ‘भारतसँग हाम्रो सम्बन्धका दृष्टीले यो पटक महत्वपूर्ण समझदारी भए । कार्यान्वयन पनि हुन थाले, जसले नेपालको आर्थिक विकासको राम्रो पूर्वाधार तयार भएको छ ।’
प्रधानमन्त्रीको भ्रमणपछि अर्को छिमेकी चीनसँग ट्रेड एण्ड ट्रान्जिटसम्बन्धी समझदारी भएको र यसले चार वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको उनले बताए । यसले नेपालको परिभाषा नै फेरिएको भन्दै प्रचण्डले भने, वामपन्थीहरुको सरकार आएर केही पनि भएन भन्नेहरुले यसबारे गहिरो गरी सोच्नुस् ।’
भारत र चीन दुबैतिरबाट रेल ल्याउन सर्वे गर्ने सहमति भएको भन्दै उनले भने, ‘कनेक्टिभिटीमा महत्वपूर्ण उपलब्धी भएको छ । यसले आउने दिनमा नेपालको आर्थिक विकासमा ठूलो क्रान्तिकारी परिर्वतन हुने आधार खडा भएको छ । यद्यपि आम जनताले बाटोको खाल्डा पुरिहालोस्, बुढाबुढीको भत्तामा चिन्ता रहेको उनले बताए । यसतर्फ ध्यान गएको भन्दै उनले भने, ‘दशैंसँगै दशैंसँग पार्टी एकता पूर्णता दिने र विकासमा पनि जनताले हेर्ने वित्तिकै देख्ने बनाउँछौं ।’
विकास निर्माण र सुशासनमा केही महिनाभित्र जनताले देख्ने गरी काम गर्ने प्रचण्डको दाबी छ । ‘एक वर्ष पुग्दा नपुग्दै जनताले महसुस गर्ने दिन आउँछ’ उनले भने ।
 

प्रतिकृया दिनुहोस

शसक्त रूपमा अघि बढदै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस

नन्दराम खड्का ,अनलाइन तहल्का रोल्पा २८, मंसिर  स्थानीय सरकारको गतिविधि प्रति असन्तुष्ट हुँदै प्रमुख प्रतीपक्ष दल नेपाली काङ्ग्रेसले रुन्टिगढि

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा