दोब्बर भाडा असुल्दै यातायात व्यवसायी, छोटा दूरीका यात्रु सास्तीमा

अनलाइन तहल्का 
२६ भदौ, काठमाडौं । दशैंको मुखमा काठमाडौंबाट बाहरिने छोटा दूरीका सवारीका यात्रुलाई बढी भाडको मार परेको छ । कलंकी र कोटेश्वर र नयाा तथा पुरानो बसपार्क बाट छुट्ने केही लामो दूरीका बसमा पनि यात्रुसँग दोब्बर भाडा अशुल्ने क्रम तीव्र भएको छ ।
नाकाहरुमा यात्रुको चाप बढ्दै गएपछि रिजर्भ जाने बाहनामा बस र यात्रुबाहक टाटा सुमोले यात्रुसँग दोब्बर भाडा अशुल्न सुरु गरेका हुन् । बल्खुबाट चल्ने टाटा सुमोहरुले दोब्बरसम्म भाडा उठाउँदा पनि ट्राफिक प्रहरीले कुनै कारवाही गरेको छैन । बल्खुबाट दक्षिणकली(हेटौंडा हुँदै सर्लाहीसम्म चल्ने सुमोहरुले दोब्बर भाडा अशुलिरहेका छन् ।
बल्खुमा हेटौंडा जानका लागि पुगेका रितेश थपलियाले आफूले हेटौंडा पुग्न साढे ८ सय रुपैयाँ भाडा तिरेको बताए । हेटौंडा जान सुमोको भाडा ४ सय भाडा तोकिएको छ । ‘सुमो छैन भन्छन् । रिजर्भ जाने भएर मिलाएर लान्छौं दोब्बर भाडा पर्छ भनेपछि तिरियो’ उनी भन्छन्,’के गर्नु घर त पुग्नैपर्छ । जति भनेपनि तिर्नैर्पयो ।’
बल्खुका एक सुमो व्यवसायी भने हेटौंडाबाट काठमाडौं आउँदा रित्तै आउनुपर्ने भएकाले यहाँबाट बढीभाडा नलिई लैजान नसकिने बताउँछन् । विगतका वर्षहरुमा पनि यसो गरिएको भन्दै उनले घाटामा गाडी चलाउन नसकिने बताए ।
अहिले बल्खुबाट छुट्ने अधिकांश सुमोहरुले टिकट दिएका छैनन् । टिकट दिएपनि रकम काउन्टरबाहिर दलालमार्फत उठाएर साविककै भाडादर लेखेर थमाउने गरेका छन् । बल्खुमा मात्रै हैन, विपी हाइवे भएर चल्ने कोटेश्वरका सुमोका काउन्टरले पनि त्यसै गरिरहेका छन् । कलंकीबाट छुट्ने चितवन चल्ने माइक्रोले पनि बढी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् ।
अग्रीम टिकट लिन नभ्याएकाहरुले दोब्बरसम्म भाडा तिरेर जान लागेको बताउँछन् । छोटो दूरीमा अग्रीम टिकट पनि नखुलाइएकाले त्यँही सबैभन्दा धेरै ठगी भइरहेको पाइएको छ ।
यातायात व्यवस्था विभागले भने बढी भाडा लिने सवारीलाई कडा कारवाही गरिने बताएको छ । दशैंको आसपास काउन्टरबाटै बढी भाडा लिने कर्मचारीलाई प्रहरीमार्फत नियन्त्रण लिएर कारवाही चलाउने चेतावनी विभागको छ । ट्राफिक प्रहरीले पनि अनुगमन र निरानी बढाइएको भनेको छ । तर, यात्रु भने दलालमार्फत बढी भाडा तिर्दै उपत्यका छोड्न बाध्य बनेका छन् ।
 

प्रतिकृया दिनुहोस

दलित विकास समाज सल्यानको सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न 

मिना खड्का,अनलाइन तहल्का मंसिर २७ सल्यान   आज सल्यानको खलंगामा खानेपानी सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ ।

दाङमा ६ जनाको ज्यान जानेगरी दुर्घटना, जन्ती र यात्रुका बस ठोकिए

अनलाइन तहल्का मङ्सिर २७, दाङ । बेहुलि लिई फर्किदै गरेको स्कारपियो र यात्रु यात्रुवाहक वस ठोक्किदा ६ जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् ।

वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

अनलाइन तहल्का  मंसिर २७, काठमान्डु ।      संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।