सल्यानको बागचौरमा अँकितले गरे रचना बाचन, सयौको सहभागिता 

पुष्पा रिजन डिसी, अनलाइन तहल्का
आश्विन २६, सल्यान ।
    सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको नवौँ साहित्य श्रृङखला शुक्रबार बागचौरमा सम्पन्न भएको छ । 
    बा.न.पा. २ का वडा अध्यक्ष घनस्याम शर्मा, वडा नं.३ का वडा अध्यक्ष टिकाराम के.सी, बागचौर नगर साहित्य परिषद् सल्लाहकार एवम् संरक्षक पुर्ण भण्डारी “पंकज“ प्रेम बहादुर के सि, तुल्सीराम बस्नेत र बागचौर नगपालिकाका सचिवालय सदस्य एवम् सल्यानी साहित्यकार भुम प्रकाश भण्डारी (भुपिन) को आतिथ्यतामा भएको कार्यक्रममा  प्रमुख अतिथि बा.न.पा प्रमुख लोकमान बुढाथोकी रहेका थि भने कार्यक्रमको अध्यक्षता परिषद्का सह –सचिव पुष्पा रिजन डि.सी को रहेको थियो ।
     दिउँसो साढे ३ बजेदेखि थारमारेको प्रतिक्षालयमा सुरु भएको कार्यक्रममा श्रष्टा अंकितले करिब दुई दर्जन भन्दा बढि म’त्तक,गजल, कविता, बाल कविताहरु सुनाएका थिए । 
    राप्ती साहित्य परिषदका सदस्य, बागचौर नगर साहित्य परिषदका अध्यक्ष, सल्यान कला साहित्य परिषदका सदस्य, ब्राईट रोजल्याण्ड बोडिङका सञ्चालक र जनकल्याण भुतपुर्व समाजका सदस्य समेत रहेका उनले ननहरि साहित्य पुरुष्कार, समृद्ध समाज सल्यानबाट कदर पत्र,र सल्यानी युवा संजालको सम्मान पाउनुका साथै यउटा बिच्चलीका बिम्बहरु गजल सङग्रह पनि प्रकाशन  गरिसकेका छन् ।    
      दशैँको श’भकामना आदानप्रदान समेत भएको उक्त कार्यक्रममा करिब १ सय भन्दा बढि साहित्यक अनुरागि, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, पत्रकार, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम को सहजिकरण परिषद्का सचिव तारादेव शर्मा (प्रर्दशन) ले गरेको
 

प्रतिकृया दिनुहोस

खैरावाङ्ग मन्दिरमा नयाँ प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

अनलाइन तहल्का  मंसिर २७, सल्यान । सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले प्रदान गरे जग्गा

 अनलाइन तहल्का  मंसिर २२, सल्यान ।      सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ । शारदा नगरपालिका ३ मा

सल्यानमा जमानाकै याद दिलाउने गरि माैलिक नाच प्रदर्शन

अनलाइन तहल्का  मंसिर २२, सल्यान ।    सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ