सल्यानको सिमखर्कमा एक महिलाको घाँटी रेटेर हत्या

असोज २६, सल्यान

सल्यानको शारदा नगरपालिका–८ मार्केको सिमखर्कमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ । ५५ वर्षीया केवली सुनारको आप्mनै घरमा सुती रहेको अवस्थामा बिहीबार राति धारिलो हतियार छुरीको प्रयोगले घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।


श्रीमानको मृत्यु पश्चात मृतक सुनार लामो समय देखि तिन छोराछोरीहरुसँग भारतमा बस्दै आएको स्थानीयले बताएका छन् । दशैं मनाउन भनेर चार दिन अघि मात्र उनी घर फर्किएकी थिईन् । घटना कस्ले र किन गराएको भन्ने बारे अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा सल्यान प्रहरी प्रमुखको नेतृत्वमा टोली अनुसन्धानमा खटिएको छ ।


हत्यारा पत्ता लगाउन घटनास्थलमा कोहलपुरबाट कुकुर ल्याएर प्रयोग गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार सुनारको घाँटीमै भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकृत प्रहरी निरीक्षक गिरीराज भण्डारीले बताए ।

घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

 

प्रतिकृया दिनुहोस

आज महाअष्टमी र कालरात्रि मनाइँदै 

काठमाडौँ– महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन

सल्यानमा जिप दुर्घटना, ४ घाइते 

अनलाइन तहल्का असोज ३०, सल्यान । सल्यानमा जिप दुर्घटना हुदा ४ जना घाइते बनेका छन । कुमाख ५ नेटाबजारबाट श्रीनगरका लागि छुटेको लु१ ज ३०२१ नम्बरको जिप

आज बडादशैको सातौं दिन फुलपाती, आजदेखि दशै विशेष रुपमा शुरु

अनलाइन तहल्का असोज ३०, काठमान्डौं ।      आज वडा दशैको सातौ दिन अन्तर्गत फुलपाती,हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउदैछन् ।