लोकसेवा पढ्ने र पास हुने टिप्सहरु, आफु पनि जान्नुस अरुलाई सेयर पनि गर्नुस

लोकसेवा आयोगको विभिन्न तहको परीक्षामा सामान्य अध्ययन विषयअन्तर्गत समसामयिक घटनासँग सम्बन्धित खण्डको भूमिका महत्त्वपूर्ण हुन्छ । उक्त खण्डबाट प्रारम्भिक र मुख्य परीक्षा दुवैमा अधिकाधिक प्रश्न सोधिन्छ । विगत केही वर्षदेखि लोकसेवा आयोगको परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्नको संख्या वृद्धि हुनुका साथै त्यसको स्वरूप पनि जटिल भएको छ । प्रश्न तथ्यात्मक कम र अवधारणात्मक बढी हुँदै गएको छ, जसका लागि कुनै पनि क्षेत्रको समग्र एवं विश्लेषणात्मक जानकारी आवश्यक छ । गत वर्षको प्रारम्भिक परीक्षामा समसामयिक मुद्दासँग सम्बन्धित जुन प्रश्न सोधिएको थियो त्यसले पनि यो कुरालाई पुष्टि गर्छ कि सामान्य अध्ययनअन्तर्गत समसामयिक घटनाप्रति आँखा चिम्लिने हो भने सफलता प्राप्त गर्न सकिंदैन । परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्न सोध्नुको मुख्य उद्देश्य परीक्षार्थीको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय परिवेशप्रतिको सजगता एवं जागरूकताको परख गर्नु हो । यसका लागि समाचारका माध्यमसँग निरन्तर सम्पर्कमा रहनुका साथै विविध घटनाका सम्बन्धमा हुने चर्चा(परिचर्चा र बहसका विभिन्न पक्षलाई बुझ्नुपर्छ । यसका लागि परीक्षार्थीले आफ्नो तयारीको प्रारम्भिक समयदेखि नै जागरूक हुनुपर्छ ।

समग्र दृष्टिकोणको विकास
समसामयिक विषयको कुनै पनि घटनालाई केवल तथ्यात्मक वा एउटा सूचनाका रूपमा हेर्नु हुँदैन, त्यसका लागि एउटा समग्र दृष्टिकोण आवश्यक छ । कुनै पनि घटनाको एउटा पृष्ठभूमि हुन्छ जसबाट अवगत नभै त्यसको वर्तमान स्थिति बुझ्न सकिँदैन । अर्को कुरा, घटनाको विविध आयामलाई जानेर नै त्यसको मूल्यांकन गर्न सकिन्छ । उदाहरणका लागि नेपाल विश्वको जलस्रोतको दोस्रो धनी देश हो, तर यहाँका बासिन्दा अहिले चर्को लोडसेडिङको मार खेपिरहेका छन् । त्यसैले नेपालको विकासको मूल्यांकन गर्दा प्राकृतिक स्रोत(साधनको कुरा गरेर मात्र हुँदैन, अपितुस् त्यसमा निहित विभिन्न विरोधाभास तथा असंगतिहरूलाई हेर्नु पनि आवश्यक हुन्छ । समसामयिक घटना र मुद्दासँग सम्बन्धित जानकारी प्रारम्भिक परीक्षा, मुख्य परीक्षा तथा अन्तर्वार्ता तीनवटैका लागि समान रूपले उपयोगी छन् । प्रारम्भिक परीक्षामा समसामयिक विषयवस्तुमा आधारित प्रश्न ३०(३५ प्रतिशत हुन्छन् जसको स्वरूप तथ्यांत्मक तथा अवधारणात्मक दुवै हुन्छन् । कतिपय अवस्थामा कुनै घटनाबाट नभै त्यसको पृष्ठभूमिबाट पनि प्रश्न सोधिन्छ । मुख्य परीक्षामा यो खण्डबाट लगभग ४० प्रतिशत प्रश्न सोधिन्छ । यी प्रश्न केही जटिल प्रकारका हुन्छन् जसले विश्लेषणात्मक जवाफको खोजी गर्छ ।
समसामयिक घटनासम्बन्धी तयारीमा सम्बन्धित जानकारी जुटाउन तथा त्यसको अध्ययनसँग सम्बन्धित दुई प्रकारका समस्या छन् । पहिलो यसको क्षेत्र धेरै विस्तृत र व्यापक छ । यसअन्तर्गत राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय परिदृश्यसँग सम्बन्धित समस्त जानकारी समाहित गरिएका छन् जसको तथ्यात्मक एवं विश्लेषणात्मक दुवै पक्षलाई ध्यानमा राख्नुपर्छ । दोस्रो समस्या, समसामयिक घटनाको प्रामाणिक तथा सन्तुलित स्रोतको छ । भनिन्छ, समसामयिक घटनाका लागि कुनै एउटा समाचारमाध्यम पर्याप्त छ यद्यपि कुनै पनि समाचारमाध्यममा प्रकाशित हुने आलेख लेखकको व्यक्तिगत विचार तथा विचाराधारासँग सम्बन्धित हुनसक्छ । अतस् त्यसका आधारमा आफ्नो दृष्टिकोण बनाउनु एकपक्षीय वा एकांकी हुनसक्छ । वास्तवमा समसामयिक घटनासँग सम्बन्धित विविध तथा छरिएर रहेका जानकारी संकलित गर्नु र त्यसलाई विश्लेषण गरेर एउटा सन्तुलित निष्कर्ष निकाल्नुपर्ने यो खण्डको तयारीका लागि एउटा समग्र र सन्तुलित रणनीति बनाउनुपर्छ एवं त्यसैअनुसार समसामयिक घटनाको न केवल अध्ययन गर्नुपर्छ अपितुस् त्यसमा परिचर्चा पनि चलाउनुपर्छ, जसले गर्दा विभिन्न घटनाप्रति सुस्पष्ट दृष्टिकोण विकसित हुन सकोस् ।

कसरी पढ्ने समसामयिक घटना ?
समसामयिक घटना तथा मुद्दाको व्यापकतालाई मध्यनजर गर्दै यसको तयारीका लागि एउटा वैज्ञानिक तरिका विकसित गर्न सकिन्छ जसअन्तर्गत निम्नलिखित तथ्यलाई ध्यानमा राख्नु आवश्यक छ ।
१. समसामयिक घटनाप्रति आफ्नो अभिरुचि विकसित गर्ने प्रयास गर्नुपर्छ । प्रत्येक दिन कुनै स्तरीय राष्ट्रिय समाचारपत्र पढ्ने अथवा टेलिभिजनमा समाचार हेर्ने बानी बसाल्नुपर्छ ।
२. राष्ट्रिय(अन्तर्रा्ष्ट्रिय घटनालाई वर्गीकृत गरेर अध्ययन गर्नुपर्छ । उक्त घटनाअन्तर्गत विभिन्न राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं खेलकुद आदिसँग सम्बन्धित जानकारीलाई व्यवस्थित गरेर हेर्नुपर्छ ।
३. कुनै पनि घटनाको तथ्यात्मक तथा अवधारणात्मक पक्ष बुझ्ने प्रयास गर्नुपर्छ ।
४. कुनै पनि घटनालाई त्यसको बहुआयामिक परिप्रेक्ष्यमा हेर्नुपर्छ । घटनाको सकारात्मक र नकारात्मक पक्षका साथसाथै राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं भौगोलिक पक्ष पनि बुझ्नुपर्छ ।
५. समसामयिक विषयका लागि सधैं प्रमाणित स्रोतलाई आधार बनाउनुपर्छ ।
६. समसामयिक घटनासँग सम्बन्धित प्रश्न कतिपय अवस्थामा मानचित्रमा पनि आधारित हुन्छन् । अतस् कुनै घटना र त्यससँग सम्बन्धित भौगोलिक पक्षको अध्ययन पनि अनिवार्य हुन्छन् ।

समसामयिक विषयको वर्गीकरण
समसामयिक विषयको तयारीका लागि विविध विषयलाई अलग(अलग खण्डमा विभाजित गरेर त्यसको अध्ययन गर्नुपर्छ ।
१. राष्ट्रिय महत्त्वको विषय
– सरकारको नीति तथा त्यसका विभिन्न क्रियाकलाप
– न्याय व्यवस्था तथा न्यायालयको महत्त्वपूर्ण निर्णय
– राष्ट्रिय योजना आयोग
– विविध विषयसँग सम्बन्धित समिति तथा आयोगहरूको प्रतिवेदन
– क्षेत्रीय तथा स्थानीय गतिविधि
– चर्चित व्यक्तित्व

२. अन्तर्रा्ष्ट्रिय महत्त्वको विषय
– नेपाल र विश्व तथा नेपालको विदेश नीति
– संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्रा्ष्ट्रिय संगठन तथा एजेन्सी
– विभिन्न देशका अन्तर्रा्ष्ट्रिय सन्धि, सम्झौता र सम्मेलन
– सार्क गतिविधि
– अन्य वैश्विक सामाजिक(सांस्कृतिक गतिविधि

३. आर्थिक महत्त्वको विषय
– राष्ट्रिय बजेटको विविध पक्ष तथा त्यसका सामाजिक आर्थिक प्रभाव
– मुद्रा तथा बैंकिङसँग सम्बन्धित नीति( नियम एवं सुधार
– व्यापार तथा वाणिज्यसम्बन्धी सरकारी नीति
– विश्व बैंक, अन्तर्रा्ष्ट्रिय मुद्रा कोष तथा अन्य आर्थिक मञ्चका सम्मेलन
– अन्य राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय आर्थिक सम्मेलन एवं गतिविधि

४. सामाजिक महत्त्वको विषय
– श्रम कानुन तथा सुधार, रोजगारी र गरिबी
– खाद्य सुरक्षा, मानव विकास, शिक्षा(संस्कृति, मिडिया, सामुदायिक विकास
– वैश्विक भ्रष्टाचार प्रतिवेदन, मानव विकास सूचकांक आदि ।

५. विज्ञान तथा प्रविधि
– सूचना प्रविधि, जैविक प्रविधि एवं अन्तरिक्ष विज्ञान
– विभिन्न अन्वेषण तथा आविष्कार
– स्वास्थ्य र पोषण, कृषि तथा उद्योग
 

६. पर्यावरणीय महत्त्वको विषय
– प्राकृतिक संरचना र विपद् व्यवस्थापन
– वन तथा जीव संरक्षण र पर्यावरणीय तथा पारिस्थितिकी सुरक्षा
– पर्यावरणसँग सम्बन्धित राष्ट्रिय(अन्तर्रा्ष्ट्रिय कानुन, सम्मेलन तथा सम्झौता आदि

७. खेलकुद
– प्रमुख खेल आयोजन, पुरस्कार

८. विविध
– शब्द संक्षेप, चर्चित पुस्तक, व्यक्तित्व तथा चर्चित स्थल
– प्रमुख दिवस र वर्ष, महोत्सव
– प्रमुख अभियान, शिक्षा(संस्कृति, दुर्घटना तथा अन्य महत्त्वपूर्ण तथ्य ।

केही भ्रम र यथार्थ

लोकसेवा आयोगको परीक्षाका सम्बन्धमा युवाहरूमा विभिन्न थरीका भ्रम पाइन्छ । फलस्वरूप कतिपय युवा लोकसेवामा जाने कुराको कल्पनासम्म गर्दैनन् । केही यस्तै भ्रमहरू ः

नेपाली मातृभाषीलाई लाभ
लोकसेवा आयोगको चरित्र अहिले पनि खस नेपाली भाषीको छ । अतस् यो परीक्षामा ती प्रतियोगीलाई महत्त्व दिइन्छ जसको मातृभाषा नेपाली हो । यस्ता आरोप खासगरी अन्तर्वार्तामा बढी सुनिन्छ तर वस्तुस्थिति त्यस्तो हुँदैन । गैरनेपाली भाषी पनि त्यही अनुपातमा सफल हुन्छन् ।

आर्थिक तथा पारिवारिक पृष्ठभूमि
लोकसेवामा सफलता प्राप्त गर्न आर्थिक रुपमा सम्पन्न हुनुपर्छ भन्ने कुरा पनि एउटा भ्रम हो । कसैको परिवारमा शाखा अधिकृत, इन्जिनियर वा डाक्टर छन् भन्दैमा कोही टपर हुन सक्दैनन् । यस्ता कैयौं उदाहरण छन् जसमा अत्यन्त साधारण अथवा गरिब परिवारबाट आएकाहरू पनि लोकसेवा आयोगको परीक्षामा सफल भएका छन् ।

कोचिङको भूमिका
अन्य परीक्षा जस्तै लोकसेवा आयोगको परीक्षामा पनि सफलता प्राप्त गर्न कोचिङ क्लासको आवश्यकता छ भन्नु पनि भ्रम हो । यदि यस्ता कोचिङको यति ठूलो भूमिका हुन्थ्यो भने सबै सफल प्रतियोगी कुनै न कुनै कोचिङ संस्थाबाटै आउँथे । जब कि त्यस्तो हुँदैन । कोचिङ क्लासमा सामेल केही मात्र सफल हुन्छन् ।

उच्च शैक्षिक पृष्ठभूमि
एउटा धारणा के पनि छ भने कमजोर शैक्षिक पृष्ठभूमिका परीक्षार्थीले सफलता प्राप्त गर्ने दर धेरै कम छ । वास्तविकता त्यस्तो छैन, किनभने लोकसेवा आयोगको परीक्षामा सफल हुन कुनै एउटा मापदण्ड छैन । यो परीक्षाका लागि उचित रणनीति र कठोर परिश्रम आवश्यक हुन्छ । यदि त्यस्तो नभएको भए शाखा अधिकृत, नायब सुब्बा तथा खरिदारमा प्रथम श्रेणीका परीक्षार्थीको मात्र छनोट हुने थियो । त्यसै पनि शाखा अधिकृतको परीक्षाका लागि न्यूनतम योग्यता स्नातक तोकिएको छ । लोकसेवाका लागि कुनै न्यूनतम अंक निर्धा्रित छैन । यसको उद्देश्य सबै प्रकारका परीक्षार्थीलाई परीक्षामा सामेल हुने अवसर प्रदान गर्नु हो ।

सर्वश्रेष्ठ नोट्स
कतिपय परीक्षार्थी सफल पूर्व परीक्षार्थीको नोट्स अथवा कोचिङ संस्थाको सर्वश्रेष्ठ नोट्स प्राप्त गर्न विभिन्न कोचिङ सेन्टर चहारिरहेका हुन्छन् । किनभने उनीहरूलाई लाग्छ कि यसप्रकारको नोट्स उपलब्ध भए उसको सफलताको बाटो सहज हुन्छ । वस्तुतस् यो धारणा पूर्णरूपमा गलत छ । प्रत्येक व्यक्तिको सत्य र अनुभव उसको आफ्नै हुन्छ । यदि त्यस्तो हुँदैनथ्यो भने बजारमा वा इन्टरनेटमा सबै प्रकारका नोट्स र अध्ययन सामग्री उपलब्ध छन् र त्यसलाई जो कसैले सजिलै प्राप्त गर्न सक्छन् ।

पढाइको घण्टा
प्रायस् यो पनि भनिन्छ कि सफल हुने परीक्षार्थीले १५ देखि १८ घण्टासम्म अध्ययन गर्छन् । यो कुरा सबैका लागि सम्भव छैन । त्यसैले केही खास व्यक्ति नै लोकसेवा आयोगको परीक्षाको तयारी गर्छन् यो पनि एउटा भ्रम नै हो, किनभने पढाइमा खर्च गरिएको समयले त्यति अर्थ राख्दैन जति कि पढाइको गुणवत्ता र त्यसको परिणामले ।

प्रतिकृया दिनुहोस

“अन्धो पति” (दुई मिनेट लाग्छ, अवस्य पढ्नुहोला)

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गरयो‘विवाह पछी दुबैको जिÞन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो । उसले पत्नीलाई धेरै चाहन्थ्यो र

मालिकामा रेखाकी ‘हिरोइन’ जाजरकोटकी कमलाको कथा 

रेखा थापा अचेल ‘हिरोइन’ कम, ‘हिरो’ ज्यादा हुन्।  यसको कारण, उनले फिल्ममा खेल्ने भूमिका होइन। उनले रोजेको फरक बाटो हो। रेखा महिलाकेन्द्रित

दार्मामा परम्परागत नाच, खेलकुद प्रतियोगिता पनि हुने भाले तान्ने देखि रस्सकस्सी

अनिल चन्द, अनलाइन तहल्का सल्यान १८, कार्तिक ।   सल्यानको दार्मा गाउँपालिकामा बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँमा भएका नयाँ खेलाडीलाई हौसला