कुमाखमा सामुदायिक स्वास्थ्य इकाई, ३ गाउपालिकाका ग्रामिण बस्तीमा स्वास्थ्य सेवा, स्थानीय खुसी 

दुर्गा वि.सी., अनलाइन तहल्का

कार्तिक ९, सल्यान ।
    कुमाख गाउँपालीकाको वडा २ डाँडाकटेरीमा सामुदायीक स्वास्थ्य ईकाई उद्घाटन गरिएको छ । 
    वडाध्यक्ष सेर वहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालीका अध्यक्ष सिर्जना वुढामगर, दार्मा गाउँपालीका अध्यक्ष निम वहादुर के.सी., स्वास्थ्य विभागका अधिकृत टेकराज डि.सी., जिल्ला स्वास्थ्य प्रमुख लगाएतका व्यक्तिहरुले मन्तव्य राखेका थिए । 
    स्वास्थ्य इकाईमा २ जना कर्मचारीको व्यवस्थापन गरिएको छ । गाउँमा समान्य रुघाकोकी, ज्वरो पखाला लागेपछि उपचार गर्न ५ घण्टा देखि ७ घण्टाको पैदल यात्रा गरेर उपचार गर्न जाने दुख हटेकोमा स्थानीय निक्कै हर्षित वनेका छन् । 
    नजीकमा स्वास्थ्यचौकि नहुदाँ कुमाख गाउँपालीकाका वडा २ र ३ का २ हजार बढि स्थानीय स्वास्थ्य सुविधाको पहँुच भन्दा वाहिर थिए । उक्तस्थानमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भए पछि सिद्ध कुमाख गाउँपालीकाको वडा ४ र बन्गाड कुपिण्डेको वडा ५ को आधा भुभागका स्थानीयलाई सजिलो हुने भएको छ । साविकको स्वीकोट गाविसमा पर्ने डाँडाकटेरीमा स्वास्थ्य इकाइ बनेपछि ३ गाउपालिकाका ग्रामिण बस्तीका बासिन्दाहरुलाई सेवा पुग्नेछ । 
    नजिकै स्वास्थ्य चौकि नहुदाँ सामान्य उपचारको लागि समेत उक्त क्षेत्रका नागरिक ५ घण्टाको पैदल यात्रा हिडेर टाढा टढा उपचार गर्न जानुपर्ने वाध्यता टरेको छ । कुमाख गाउँपालीकाको डाँडेकटेरीमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना गर्नमा सहयोग गर्ने स्थानीय चन्द्रवहादुर के.सि, स्वास्थ्य सेवा विभागका अधिकृत टेकराज डि.सीलाई स्थानीयले धन्यवाद ज्ञापन गरेका थिए । 
    त्यसैगरि सामुदायीक ईकाईको भवन निर्माणमा कुमाख गाउँपालीको आर्थिक सहयोग रहेको छ । वाजागाजा, फुलमाला र झाँकी सहित स्थानीयले अतिथीलाई स्वागत गरेका थिए । 
उद्घाटन कै दिन दुई जनाले स्वास्थ्य सुविधा लिएका छन ।
 

प्रतिकृया दिनुहोस

तिहारका सदावहार गीत, चलचित्रकै गीत अब्बल

अनलाइन तहल्का  कार्तिक २१, काठमाडौं ।  तिहारको आफ्नै मौलिक परम्परा, संस्कार र शैली छ । हिन्दूहरुले पाँच दिन मनाउने तिहारबारे हिन्दू धर्मशास्त्रका

३ जिल्लालाई सेवा दिनेगरि राखिएको शिविरमा २५ विरामीको शल्यक्रिया 

ज्ञानु गौतम, अनलाइन तहल्का कार्तिक १८, रुकुम । चौरजहारीमा संचालित पलाष्टिक सर्जरी शिशिरबाट विभिन्न प्रकृतिका २५ जना विरामीहरुको सफल शल्यक्रिया भएको

पहिलो बच्चा जन्मिएको कति समय पछि अर्को जन्माउनुपर्छ ? 

आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने एउटा नयाँ