नेपाल लोक स्टारको पत्रकार सम्मेलन स्थगित भयो, कारण यस्तो ।

अनलाइन तहल्का 
कार्तिक ९, काठमाडौं । 
नेपाली गीत संगीतको इतिहासमा नै पहिलो पटक हुन लागेको सर्वा्धिक पुरस्कार राशीको गायन प्रतियोगिता नेपाल लोक स्टारको पत्रकार सम्मेलन तत्कालनको लागि स्थगित भएको छ । देशभरका १९ स्थानमा पहिलो अडिसन मार्फत प्रतिस्पर्धी छनौट गरी प्रदेश स्तर हुँदै केन्द्रिय स्तर सम्म प्रतिस्पर्धात्मक कार्यक्रमको विस्तृत विवरणको लागि सहित जानकारी गराउनको लागि दशैं लगत्तै गर्ने भनिएको पत्रकार सम्मेलन संयोजकको स्वास्थ्य अवस्थामा आएको समस्याको कारण स्थगीत भएको छ ।
चाहाना मिडियाको आयोजनामा हुन लागेको कार्यक्रम नेपाल लोक स्टारका संयोजक तथा संगीतकार सहदेव कोइरालाको असोज २९ गतेको दुर्घटनाको कारण डाक्टरको सल्लाह बमोजिम केहि समय बेड रेष्टको लागि सुझाव दिएको कारण लोक स्टारको कार्यक्रम तत्कालको लागि रोकिएको हो ।

दशैं लगत्तै गर्ने भनिएको पत्रकार सम्मेलन तिहार पछिको लागि सरेको हो । नेपाली लोक गीत संगीतको जगेर्ना, विकास र प्रवद्र्धन मार्फत विश्वबजारमा चासो बढाउन तथा युवा पुस्तामा घट्दो लोक गीत संगीतको चासोलाई बढाउनको लागि यस कार्यक्रमको आयोजना हुन लागेको आयोजकले बताएका छन् ।

प्रतिकृया दिनुहोस

आठ हजार अस्थायी शिक्षक फेल, ४० नम्बर पनि ल्याउन सकेनन् 

अनलाइन तहल्का  पौष २५, काठमाडौं ।  शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्।  आन्तरिक

शारदा नगरपालिकामा कुनै पार्टी छैनः नगरप्रमुख अधिकारी 

अनलाइन तहल्का पौष २४, सल्यान ।      शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नगरपालिकामा कुनैपनि पार्टीको गन्ध नभएको बताएका छन ।    

२ मन्त्रालयका पत्र बोकेर सल्यानका शिक्षक पुगे सिडियो संग

अनलाइन तहल्का  पौष २२, सल्यान ।      आन्दोलनका विभिन्न कार्यक्रम गरेर सरकारलाई विभिन्न निर्णय गराएका शिक्षकहरु सल्यानका प्रमुख जिल्ला