ट्वाइलेट संग जोडिएको पवित्राले पढ्न नपाएको कथा ‘स्कुल जान त मन लाग्छ’

सर्लाही । ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन् । महिना पुगेपछि स्कुलले भर्ना गर्न ‘जन्मदर्ता लिएर आऊ’ भन्यो । भोलिपल्ट बिहानै उनका बुवा सत्यसिंह ब्लोन–तामाङ जन्मदर्ताका लागि भक्तिपुर गाविस भवन पुगे । सचिवले कडा स्वरमा भने, ‘घरमा ट्वाइटेल छ ? ’ सत्यसिंहले मुन्टो हल्लाउँदै भने, ‘अहँ ।’ ‘ट्वाइलेट नबनाएसम्म जन्मदर्ता बन्दैन ।’ पवित्राका बुवा खिन्न मन लिएर फर्किए । त्यसपछि बन्द भयो, पवित्राका लागि एक किलोमिटर परको स्कुलको ढोका ।

गाविस सचिवको त्यही वाक्य सुनेर फर्किएको ४ वर्ष बित्यो । पवित्राका बुवाले न ट्वाइलेट बनाउन सके, न छोरीलाई स्कुल पठाउन । जन्मदर्ता, ट्वाइलेट, स्कुल, गरिबी यी चार शब्दको वरिपरि रिँगिरह्यो पवित्राको स्कुल जाने सपना । उनको बालस्मृतिबाट स्कुल गएका दिन बिस्तारै मेटिँदै छन् ।

पूर्वपश्चिम राजमार्गको सागरनाथ चोकबाट करिब ४ किलोमिटर जंगलको बाटो हिँडेपछि पवित्राको गाउँ मियाँखोर पुगिन्छ । गाउँको मुखैमा छ वरपीपलको रूख । त्यसैको छायामा छ एउटा दोकान । त्यही दोकान र वरपीपलको छहारीले बताउँछ, गाउँको कथा 

प्रतिकृया दिनुहोस

गुरु बनेका टोले दादाले मारिदिने धम्की दिँदै गरे बलात्कार

इटहरी, १० कात्तिक। गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए ।

दुर्गादेवी भन्छिन् – ‘गरिबले न्याय पाउँदैनन्, आश्वासन पाउँछन्’

महेन्द्रनगर । ‘छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आस मर्दै गएको छ,’ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले

सवारी चालक लाइसेन्स लिन कक्षा ८ उत्तीर्ण हुनैपर्ने 

प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ।  प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको