गुरु बनेका टोले दादाले मारिदिने धम्की दिँदै गरे बलात्कार


इटहरी, १० कात्तिक।
गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
त्यो दिन सहभागी बसैजना नृत्य सिक्न थाले । नृत्य गरिरहेका बेला सिकाउने गुरुले ती बालिकालाई ‘साउन्डले गर्दा केही सुनिएन, एकैछिन तिमीसँग काम छ’ भनेर बाहिर निकाले । उनले ती बालिकालाई गोप्य छ भनेर नजिकै रहेको दुर्गा मन्दिर छेउमा लगे । दुर्गा मन्दिर एकान्त स्थानमा छ । नृत्य सिकाउने गुरु, त्यसमाथि पनि गाउँकै दादा भएकाले बालिकाले उनको प्रस्तावलाई स्वीकार गरिन् ।

जबरजस्ती करणीको योजना बनाएर बालिकालाई साथीसँग छुटाएर सोही ठाउँका २१ बर्षीय नविन विकले एकान्त स्थलमा लगे । त्यसपछि बालिकालाई सिधै प्रस्ताव राख्दा उनले अस्विकार मात्र गरिनन् । सक्नेसम्म प्रतिकार गरिन् । बालिका ठूल्ठूलो आवाजमा रोइन् कराइन् । आफूमाथि कुकृत्य गर्ने युवाको अनुहार पूरै चिथोरिन् । तर, एकान्त स्थान भएकाले गर्दा कसैले सुनेनन् । त्यति गर्दा पनि विकले बालिकालाई हल्ला गरे ढुंगाले हानेर मारिदिने धम्की दिँदै जबरजस्ती करणी गरे ।

प्रतिकृया दिनुहोस

ट्वाइलेट संग जोडिएको पवित्राले पढ्न नपाएको कथा ‘स्कुल जान त मन लाग्छ’

सर्लाही । ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन् । महिना पुगेपछि स्कुलले भर्ना गर्न ‘जन्मदर्ता

दुर्गादेवी भन्छिन् – ‘गरिबले न्याय पाउँदैनन्, आश्वासन पाउँछन्’

महेन्द्रनगर । ‘छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आस मर्दै गएको छ,’ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले

सवारी चालक लाइसेन्स लिन कक्षा ८ उत्तीर्ण हुनैपर्ने 

प्रदेश ३ सरकारले चालक अनुमति प्राप्त गर्न कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरेको छ।  प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको