राष्ट्रपति र सभामुख यसरी भए फरक कित्तामा 

अनलाइन तहल्का 
कार्तिक ११, काठमाडौं ।
श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक, फरक कित्तामा देखिएका छन् । 
राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक, फरक कित्तामा देखिएका हुन् । सभामुख कारु जयसुरियाले विक्रमासिङ्घे नै वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई अपदस्थ गर्न नमिल्ने तर्क गरे । 

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट विक्रमासिङ्घेलाई हटाउन पनि नमिल्ने र महिन्दा राजापाक्षेलाई नियुक्त गर्न पनि नमिल्ने सभामुखको भनाइ छ ।  अर्को व्यक्तिले संसदमा आफ्नो पक्षमा बहुमत पुष्टी नगर्दासम्म विक्रमासिङ्घेले नै प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न पाउनु पर्ने उनले बताए । 
राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएको र प्रधानमन्त्रीको दल सत्ताधारी गठबन्धनबाट हटेको अवस्थामा हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षा स्थिति बलियो पारिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । 
 

प्रतिकृया दिनुहोस

उत्तरपूर्वी बोर्नोमाः १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

अबुजा। सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी

चीनले दियो साँचो तर ब्रुमर आएन  

काठमाडौँ । बर्खा सर्किसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र

मन्त्रीका गार्डले हाने गोली, १ को मृत्यु

श्रीलंकामा राजनीतिक संकट झनै चर्किएको छ । मन्त्रीका सुरक्षाकर्मीले प्रधानमन्त्री समर्थकमाथि गोली प्रहार हुँदा एकजनाको मृत्यु भएको छ