स्वास्थ्य क्षेत्रको बिकासका लागि स्थानिय तहबाटै योजना बनाइने

संकर के सि
सल्यान, कार्तिक १२ 


स्वास्थ्य शाखा कपुरकोट सल्यानको वार्षिक समिक्षा गोष्ठी सोमबारबाट शुरु भएको छ । आर्थीक वर्ष २०७४-०७५ मा कपुरकोट गाउँपालिकाभित्र स्वास्थ्य क्षेत्रमा भएका गतीविधिहरुको बारे समिक्षा गर्न गोष्ठी आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जानकारि दिए । 

गोष्ठीको उद्घाटन गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले हरेक स्वास्थ्य संस्थाको सेवा प्रभावकारि बनाउन आग्रह गरे । उनले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कसैको पनि वेवास्ता हुन नहुने बताउँदै स्वास्थ्य क्षेत्रको बिकासका लागि स्थानिय तहबाटै योजना बनाइ अघि बढ्ने प्रतिबद्धता जनाए ।

 
यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर र प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले गाउापालिकाले स्वास्थ्य क्षेत्रमा लगानी बढाउदै लैजाने बताएका थिए । गोष्ठीमा गत वर्ष स्वास्थ्य क्षेत्रमा भएको समस्याको पहिचान, समाधानको उपाय खोजि गरि कार्ययोजना बनाइने स्वास्थ्य शाखा प्रमुख दाहालले जनाए ।

उनले गत आर्थिक वर्षमा सम्पन्न  भएका कार्यक्रम केन्द्रीत छलफल,विभिन्न सुचकहरु माथी टिप्पणि, कार्यक्रमको प्रगतीहरुको बारेमा बृहत् छलफल हुने पनि बताए । 

भोलि मंगलबार सकिने समिक्षा गोष्ठीमा गाउँपालिकाभित्र रहेका ४ वटा स्वास्थ्य चौकी, २ वटा स्वास्थ्य इकाइ र एउटा आयुर्वेदिक औषधालयका स्वास्थ्यकर्मीहरु सहभागी छन् । 

प्रतिकृया दिनुहोस

तिहारका सदावहार गीत, चलचित्रकै गीत अब्बल

अनलाइन तहल्का  कार्तिक २१, काठमाडौं ।  तिहारको आफ्नै मौलिक परम्परा, संस्कार र शैली छ । हिन्दूहरुले पाँच दिन मनाउने तिहारबारे हिन्दू धर्मशास्त्रका

३ जिल्लालाई सेवा दिनेगरि राखिएको शिविरमा २५ विरामीको शल्यक्रिया 

ज्ञानु गौतम, अनलाइन तहल्का कार्तिक १८, रुकुम । चौरजहारीमा संचालित पलाष्टिक सर्जरी शिशिरबाट विभिन्न प्रकृतिका २५ जना विरामीहरुको सफल शल्यक्रिया भएको

पहिलो बच्चा जन्मिएको कति समय पछि अर्को जन्माउनुपर्छ ? 

आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने एउटा नयाँ