सावधान तिहारका लागि तयार मिठाईमा भेटियो कपडा धुन प्रयोग गरिने ‘हाईड्रा’ केमिकल, जुन चिनी भन्दा पाँचसय गुना गुलियो 

अनलाइन तहल्का
कार्तिक १६, कपिलबस्तु । 
तिहारका लागि बनाइएका मिठाइको परिकारमा ब्यापारीहरुले स्वास्थ्यलाई गम्भीर असर पर्ने बिभिन्न केमिकल मिश्रण गरेको पाइएको छ ।
कपिलवस्तुको तौलिहवामा तिहारलाई लक्षित गरी मिठाई पसलहरुमा गरिएको अनुगमनका क्रममा त्यस्ता केमिकल फेला परेको हो । जिल्ला प्रशासन कार्यालयसहितको संयुक्त अनुगमन टोलीले बिहीबार १० वटा मिठाई पसलमा निरीक्षण गरेको थियो ।
सो क्रममा तौलिहवाको बहादुरगंज जाने चौराहामा रहेको गणेश जलपान भण्डारमा हाईड्रा नामक पाँच सय ग्रामका २ वटा डब्बा केमिकल फेला परको छ । स्वास्थ्यकर्मी अनुसार हाईड्रा कपडा धुनका लागि प्रयोग गरिने केमिकल हो । हाईड्रालाई सेतो खाले रसभरीको चासनीलाई सफा देखाउनकालागि प्रयोग गर्ने गरिएका छन ।


‘कपडा धुन र औधोगिक प्रयोजनका लागि प्रयोग गर्ने हाईड्रा नामक केमिकलले मानव स्वास्थ्यमा गंभीर असर गछ,र्’ तौलिहवा अस्पतालका डाक्टर किशोर बन्जाडेले भने । मिठाई बनाउन सबैभन्दा बढी प्रयोगमा आउने चिनीको मूल्य बढी भएकाले मिठाइ व्यापारीहरु अहिले चिनीको साटो गुलियो केमिकलको अत्याधिक प्रयोग गरिरहेको बुझिएको छ । चिनी भन्दा पाँचसय गुना गुलियो स्याक्रिन नामक केमिकलको प्रयोग गरि बनाइएका मिठाईहरु अहिले बजारमा धमाधम विक्री भइरहेका छन् ।

५० रुपैंयाँमा पाईने ५० ग्राम स्याक्रिनले ३० किलो बढी चिनीको काम गर्ने हँुदा यसबाट आफूहरुलाई निकै फाइदा हुने गरेका ब्यापारीहरुको भनाई छ । सरकारले मिठाइ बनाउन ११ वटा रंगलाई स्वीकृति प्रदान गरेपनि मिठाइ व्यापारीहरुले भने जथाभावी रुपमा सजिलै पाइने र कम मूल्य पर्ने रङ्गहरुको प्रयोग गर्ने गरेको पाइन्छ ।

दुषित र उक्त रंग हालेको मिठाई सेवनबाट विभिन्न खाले रोगहरु उत्पन्न हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । व्यापारीहरुले बढि मुनाफा आर्जन गर्न बढि प्रयोग हुने खुवाको साटो म्याद नाघेको मैदा, आरारोट, उसिनेको आलू, पिठो र सूजीको प्रयोग गर्ने गरेका छन । जसले पेटमा प्रत्यक्ष असर पार्दछ ।
व्यापारीहरुले निम्न गुणस्तरको घ्यु र हप्तौ पूरानो तेलको प्रयोग गर्दछन जसबाट घाटी सम्बन्धि विभिन्न रोग देखा पर्दछ ।

विश्व खाद्य संघले गरेको सिफारिस बाहेकका अन्य बस्तु खाद्य पदार्थमा मिसावट गर्न नपाइने खाद्य ऐन २०२३ मा उल्लखेति छ तर सम्बन्धित निकायले हाल सम्म त्यसतर्फ ध्यान नदिएको उपभोक्ताहरु गुनासो छ । टोलीले एउटा किराना पसल आधा दर्जन मासु पसलमा समेत अनुगमन गरेको थियो ।
ग्राहकलाई आकर्षक र ताजा भएको  देखाउन अखाद्य बस्तुहरुको व्यापक प्रयोग गर्ने गरिएको छ भने सो मिठाई पसलबाट ५ किलो दुषित मिठाइए समेत जफल गरी नष्ट गरिएको थियो । अनुगमनका क्रममा अधिकांश मिठाई पसल फोहोर रहेको, मुल्य सुची समेत नहरेको, केही मिठाई पसल दर्ता बिना संचालन गरेको भेटिएको र मिठाइ पसलेहरुलाई प्रशासन कार्यालयमा हाजिर हुने गरी कागज गराईएको छ ।

साथै एक पटकका लागि सुध्रिने्र मौका दिने त्यसो नगरे ऐन अनुसार कारबाही गर्ने सहायक प्रजिअ रामेश्वर अर्यालले बताए । यहाँका प्रायः सबै मिठाई पसलहरुमा अखाद्य बस्तु मिसाएको, उत्पादन, बिक्री र भण्डारण एउटै कोठामा राखिने गरिएका छन ।
अखाद्य बस्तुको मिश्रण र झन त्यसमा पनि एक साता बढिका बासी मिठाईहरुको प्रयोगले उपभोक्ताहरु ठगिनुको साथै स्वास्थ्यमा समेत नराम्रो असर पर्ने गरेको खाद्यय प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्यय निरीक्षक स्र्वण कुमार ढुंगानाले बताए । 

प्रतिकृया दिनुहोस

तिहारका सदावहार गीत, चलचित्रकै गीत अब्बल

अनलाइन तहल्का  कार्तिक २१, काठमाडौं ।  तिहारको आफ्नै मौलिक परम्परा, संस्कार र शैली छ । हिन्दूहरुले पाँच दिन मनाउने तिहारबारे हिन्दू धर्मशास्त्रका

३ जिल्लालाई सेवा दिनेगरि राखिएको शिविरमा २५ विरामीको शल्यक्रिया 

ज्ञानु गौतम, अनलाइन तहल्का कार्तिक १८, रुकुम । चौरजहारीमा संचालित पलाष्टिक सर्जरी शिशिरबाट विभिन्न प्रकृतिका २५ जना विरामीहरुको सफल शल्यक्रिया भएको

पहिलो बच्चा जन्मिएको कति समय पछि अर्को जन्माउनुपर्छ ? 

आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने एउटा नयाँ