उत्तरपूर्वी बोर्नोमाः १५ लडाकू मारिए, कैयौँ घरहरुमा आगजनी

अबुजा। सन्दिग्ध बोको हरामका कम्तिमा १५जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय प्रत्यक्षदर्शीहरुले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु केही व्यक्ति अझै हराइरहेका छन् । उनीहरूलाई विद्रोहीले अपहरण गरेर लगेको अनुमान गरिएको छ । बुधबार राती अबेर भएको आक्रमणबाट कोन्डुगा क्षेत्रका कम्तीमा दुई गाउँ अत्यधिक प्रभावित भएका छन् । प्रभावित केही व्यक्तिहरुलाई स्थानान्तरण समेत गरिएको छ ।
मारिनेमा कोफाका एक जना धार्मिक नेता पनि रहेको समाचारमा जनाइएको छ । स्थानीयबासिन्दाले लामो समय सम्म गोलीको आवाज सुनेको बताएका छन् । सिन्ह्वा

प्रतिकृया दिनुहोस

चीनले दियो साँचो तर ब्रुमर आएन  

काठमाडौँ । बर्खा सर्किसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त केवल ब्रुमरको साँचो मात्र

मन्त्रीका गार्डले हाने गोली, १ को मृत्यु

श्रीलंकामा राजनीतिक संकट झनै चर्किएको छ । मन्त्रीका सुरक्षाकर्मीले प्रधानमन्त्री समर्थकमाथि गोली प्रहार हुँदा एकजनाको मृत्यु भएको छ

राष्ट्रपति र सभामुख यसरी भए फरक कित्तामा 

अनलाइन तहल्का  कार्तिक ११, काठमाडौं । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक, फरक कित्तामा देखिएका