२ दिनमा ३३ भैसीपालक किसानले पाए प्रोत्साहन रकम

अनलाइन तहल्का 
कार्तिक १६, सल्यान ।
भैसी सुत्केरी हुदा किसानलाई भत्ता दिने जनाएको कुमाख गाउपालिकाले २ दिनमा ३३ किसानलाई भत्ता वितरण गरेको छ । विभिन्न वडाका किसानहरुका भैसी सुत्केरी हुदा प्रोत्साहन भत्ता स्वरुप २ हजार ५ सय का दर ८२ हजार ५ सय रुपैयाँ वितरण गरेको गाउपालिकाले जनाएको छ । 


गाउपालिकाले भैसीपालक किसानको प्रोत्साहनका लागि यो बर्ष २ लाख रकम भत्ता वितरणमा नै छुट्याइएको थियो । 
गाउपालिकाले पशुपालन पेशालाई आकर्षण बढाउने गरि यो बर्षबाट दिन थालेको भत्ता २ दिनसम्म लगातार रुपमा वितरण गरिएको प्रमुख प्रसासकीय अधिकृत विनोद अधिकारीले जानकारी दिए । उनले भने -"यो आर्थिक बर्षको पहिलो चौमासिकमा ३३ किसानले रकम पाए यो नियमित भैहरहनेछ । छुट्याइएको रकमले नपुले गाउँपालिकाले थप गरेर भएपनि किसानहरुलाई रकम प्रदान गर्नेछ ।"

साउनयता सुत्केरी भएका भैसीलाई वडाको सिफारिस र घरमा पालिएको भैसी र भैसीले जन्माएको पाडोको फोटो र नागरिकताको प्रतिलिपी पेस गरेपछि गाउपालिकाले उक्त रकम प्रदान गरेको छ । 
भत्ता प्रदान गर्दा कतै फर्जि विवरण पेश गरेर वास्तविक किसानले नपाउने हुन की भन्ने हामीले सोधेको क्रस प्रश्नमा अध्यक्ष दिलमाया बुढाले भनिन - "जनप्रतिनिधिबाट सिफारिस हुने भएकाले त्यस्तो हुनेछैन यदि जनप्रतिनिधिले नै त्यस्तो गलत गरे हामी उनिहरुलाइ नै कार्वाहि गर्नेछौं र सो रकम उनिहरुबाटै भराउने छौ, जनताको निम्ती कसैले त्यसरी दुरुप्रयोग गरेमा जनताले कसैलाई छुट दिदैनन ।"

भत्ता पाएपछि किसानहरु खुशी हुदै प्रोत्साहन भन्दै आफुलाई रकम प्रदान गरेकोमा धन्यवाद दिएका थिए । भैसीलाई भत्ता दिन्छ भन्ने सुन्दा अच्चम मान्दै गाउपालिका आएका महिलाहरुले अव त भैसीपालन गर्नुपर्ने भयो यसरी पैसा पाइदो रहेछ भनेर कुरा गरिरहेका थिए । किसानहरुलाई अध्यक्ष बुढाले प्रोत्साहन रकम प्रदान गरेकी हुन ।

पछिल्लो समय भैसीपालन व्यवसाय संकटमा पर्दै गएको र दुधको उत्पादनमा कमी आएको भन्दै भैसीपालन व्यवसायमा किसानको आकर्षण बढाउन भैसीलाई सुत्केरी भत्ता वितरण गर्ने गाउँपालिकाले यसअघि नै जनाएको थियो । 

प्रतिकृया दिनुहोस

नेपालमै मुसा मार्न प्रशासन गुहार

पर्वत, कात्तिक २८ । पर्वतको कुश्मा नगरपालिका–११, सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका

बाँकेमा आलु उत्पादन राम्रो

अनलाइन तहल्का  कार्तिक २७, नेपालगञ्ज । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ । गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको

नेपाल खाद्य संस्थानको चामल बिक्री हुन सकेन

   धनगढी। खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको